
काठमाडाैं, २८ कातिक । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चार दिनसम्म विशेष निष्ठापूर्वक मनाइने मथिलाञ्चलको पवित्र पर्व छठ सम्पन्न भएको छ ।
ब्रतालुले नजिकैको नदी, तलाउ तथा पोखरीमा गई आधा शरीर पानीमा डुबाएर आज बिहानै उदाउँदो सूर्यलाई अर्घ अर्पण्ँ गरेका थिए । यसअघि हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो ।
निराशा र पराजयको प्रतीक मानिने अस्ताउ“दो सूर्यलाई पूजा गरेपछि शक्ति प्राप्त हुने र उदाउ“दो सूर्यको पूजा गर्दा नया“ भविष्य आरम्भ हुने जनविश्वास रहिआएको छ । हिजैदेखि निराहार बसेका ब्रतालुहरूले हातमा पान सुपारी, फूल–माला, नरिबल, केरा, ठकुवा, भुसुवासहितका प्रसाद लिई उदाउ“दो सूर्यलाई अर्पण्ँ गरेका थिए ।
श्रद्धालुहरु रातभर नदी तथा तलाउमा भजन–कीर्तन गर्दै सूर्योदयलाई पर्खिएर बसेका थिए । छठका अवसरमा जनकपुरका गंगासागर, धनुÈसागर, महाराजसागर, अंगराजसरलगायतमा हजारौं ब्रतालुले आराधना गरेका थिए ।
यस्तै राजधानीका वागमती, मनोहरा, धोबीखोला र कमल पोखरीलगायत स्थानमा पनि उदाउ“दो सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिइएको छ । सन्तान प्राप्ति, निरोगीता, सुख, समृद्धि र धनधान्य प्राप्ति हुनुका साथै चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा तराई बासीले वषौंदेखि यो पर्व मनाउदै आएका छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको हो ।







प्रतिक्रिया दिनुहोस्