ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जडीबुटी निर्यातबाट एक लाख २८ हजार राजश्व संकलन


admin
भाद्र २९, २०७४ बिहीबार  १ : ५० बजे

बागलुङ, २९ भदौ । जिल्लाबाट आर्थिक वर्ष २०७३÷७४ मा बीस प्रजातिका जडीबुटीको कारोबार भएको छ । साधारण च्याउ, सतुवा, वन लसुन, चिराइतो, नागबेली, पाखनवेद, अतिसलगायत जडीबुटीको कारोबार भएको हो । पच्चीस हजार ४९० किलो जडीबुटीबाट रु दुई लाख ७५ हजार राजश्व संकलन भएको छ ।

सबैभन्दा बढी ६७ हजार ३९० किलो सल्लाको खोटोको कारोबार भएको सहायक वन अधिकृत रामबहादुर विकले जानकारी दिनुभयो । सातवटा सामुदायिक वनमा भएको खोटो संकलनबाट उपभोक्ता समूहले रु आठ लाख ९० हजार आम्दानी गरेका छन् । खोटो संकलन र त्यसको कारोबारबाट रु एक लाख २७ हजार राजश्व संकलन भएको विकले बताउनुभयो ।

यस्तै जिल्ला समन्वय समिति करबापत रु ३६ हजार प्राप्त भएको छ । जिविसले खोटोमा प्रतिकिलो ५० पैसाका दरले कर लगाउने गरेको छ । खोटोको कारोबारको लागि रुपन्देहीको माउन्ट रोजिन, कपिलवस्तुको कपिलवस्तु रोजिन र सुनसरीको हिमाली रोजिन एण्ड टर्पेण्टाइन कम्पनीसँग सम्झौता गरिएको छ । ती कम्पनीले आव २०६७÷६८ देखि जिल्लामा खोटो संकलन गर्दै आएका छन् । जिल्लामा ९० प्रजातिका जडीबुटी तथा गैरकाष्ठ वन पैदावर सूचीकृत छन् ।

“संकलन र प्रशोधन अभावमा बहुमूल्य जडीबुटी त्यसै खेर गइरहेका छन्,,” विकले भन्नुभयो– “यहाँको जंगलमा जडीबुटी प्रशस्त छ, अनुसन्धान, पहिचान र संकलन हुन सकेको छैन ।” उपयुक्त सीप, उपकरण र प्रशोधन केन्द्रको अभावमा जडीबुटीको बजारीकरण हुन सकेको छैन ।

आव २०७२÷७३ मा बाह्र प्रजातिका ११ हजार ८७९ किलो जडीबुटीको कारोबार हुँदा रु एक लाख २८ हजार राजश्व संकलन भएको थियो । इजाजत पत्र लिएपछि वन कार्यालयले संकलनका लागि एक महिनाको अवधि दिने गरेको छ । जडीबुटी खेती कार्यक्रमअन्तर्गत वन कार्यालयले टिमुर, सुगन्धवाल, अमृसो, लौठसल्ला रोपण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com