
काठमाडौं, २५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभुति तथा समाज सुधारक फाल्गुनन्दले समाजिक विकृति, विसंगति हटाउन लागि सुरु गरेको अभियान आजपनि स्मरणीय रहेको बताएका छन् ।
फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उनले समाज सुधारको लागि जारी गरेको घोषणा पत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताएका हुन् ।
फाल्गुनन्दले समाज सुधारका लागि दिनु भएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आफू जन्मे हुर्केको समाजमा भएका बेथिती देखेपछि त्यसलाई सुधार गर्ने तर्फ फाल्गुनन्दको निरन्तर प्रयासको प्रशंसा गरेका छन् ।
फाल्गुनन्दले अहिंसात्मक अभियान समेत सञ्चालन गरेको जसले समाजमा शान्ती कामय गर्न महत्वपूर्ण योगदान गरेको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । यसैगरी किराँत धर्म, साहित्य आदिको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् ।
समाज सुधारक फाल्गुनन्दको योगदानको कदर गर्दै सरकारले २०६६ सालमा राष्ट्रिय विभूतिको घोषणा गरेको थियो । खासगरी किराँत धर्मवालम्बीहरुले फाल्गुनन्दलाई प्रेरक व्यक्तित्वको रुपमा समेत सम्मान गर्ने गर्दछन् ।







प्रतिक्रिया दिनुहोस्