काठमाडौं, २४ कातिक । सामाजिक सञ्जालमा आजभोलि एउटा भिडियो निकै भाइरल भएको छ, जसमा भालुको एउटा बच्चा हिउँले ढाकिएको पहाड चढ्ने प्रयासमा देखिन्छ ।
इन्स्पिरेशन अर्थात प्रेरणा ट्याग राखेर यो भिडियो शेयर गर्नेहरु धेरै छन् । भिडियोमा देखिन्छ कि एक बच्चा भालु कसरी आफ्नो आमास“ग एक हिउँको पहाड चढ्ने कोशिश गर्छ ।पहिलो पटकमै बच्चा भालु हिउ“ले ढाकिएको पहाड झण्डै उक्लिसकेको थियो । तर, घिस्रिएर फेरि तल पुग्छ । एक पटक त यस्तो यस्तो अवस्था देखिन्छ अब उसको अन्तिम हो । तर, चट्टानमा अड्डिन सफल हुन्छ । पटक पटक असफल भएपनि बच्चा भालुले हार मानेन र आफ्नो आमा भएको ठाउँमा पुगिछाड्छ । रुसी फोटोग्राफर दिमित्री केद्रोवले ड्रोनको सहायताले क्यामेरामा कैद गरेको यो भिडियो निकै भाइरल भएको छ ।
प्रतिक्रिया दिनुहोस्