ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिँचाइ आयोजनाबाट १८० घरधुरी लाभान्वित


admin

 

 

बेझाड, २४ कात्तिक ।  डमरा–भोटाहा सिँचाइ आयोजना सञ्चालनमा आएपछि यहाँका १८० घरधुरी कृषक प्रत्यक्ष लाभान्वित भएका छन् । सिँचाइ सुविधा नहँुदा त्यसैखेर गएका, बाँझिएका जमीन अहिले सदुपयोगमा आएको छ ।

सरकारको सहयोग र स्थानीयवासीको जनश्रमदानमा डमरा–भोटाहा सिँचाइ आयोजना निर्माण भएपछि कृषकलाई ठूलो राहत पुगेको छ । पाल्पा र नवलपुरको सिमानामा पर्ने बौदीखोलाको पानीबाट डमरा भोटाहा सिँचाइ आयोजना सञ्चालनमा ल्याइएको हो ।

बाँझिएका जमीनमा सिँचाइ आयोजना सञ्चालनमा आएपछि कृषकले अहिले अन्नबाली, तरकारीबाली लगाउन थालेका छन् । बाकाखोलादेखि भोटाहाको हजारफाँटसम्मको पुरानो कुलोमा सिँचाइ आयोजनामार्फत बौदीखोलाको पानी मिसाइ केही स्थानमा मर्मतसम्भार गरेसँगै ८० हेक्टर जमीनमा बाह्रै महीना सिँचित हुँदै आएको छ । यही कुलोबाट डमराको माथिल्लो भागदेखि भोटाहासम्म सिँचाइ हुँदै आएको छ ।

यस सिँचाइ आयोजनाबाट डमरा र भोटाहाका ८० घरपरिवार, अर्मलाङ, पुर्वमलाङ्ग, राहुवन, राईका र नवलपुर रकुवाका १०० गरी जम्मा १८० घरपरिवारमा प्रत्यक्ष सुविधा पुगेको डमरा–भोटाहा सिँचाइ आयोजनाका अध्यक्ष कुलबहादुर राना बताउनुहुन्छ ।

सिँचाइ आयोजनाबाट कुलोमा नियमित पानी आउन थालेपछि कृषकले कृषि उत्पादन बढाउदै गएका छन् । सिँचाइ नहुँदा जीवनगुजारा चलाउन निकै समस्या भोगेका यहाँका कृषकलाई अहिले आफ्नै बाँझिएका जग्गामा सिँचाइ पर्याप्त पुगेपछि हरियाली कृषिबाली लगाएर आम्दानीको स्रोत बढाउन थालेको स्थानीयवासी चेतन पुलामीले बताउनुभयो ।

खेतीयोग्य जमीन सिँचाइ अभावले बाँझिएर सुख्खाटारका रूपमा परिणत भएको जग्गालाई पुनः हरियाली देख्न पाउँदा निकै रमाइलो लागेको कृषक कृष्णप्रसाद थापा बताउनुहुन्छ । “पहिला पानी नभएपछि खेती गर्न छाडियो, अहिले कुलोमा नियमित पानी आइरहन्छ, खेतीपाती गर्न साह्रै सजिलो भएको छ”, उहाँले भन्नुभयो ।

विसं २०६५ मा बौदीखोलादेखि बाकाखोलासम्म नयाँ कुलो निर्माण शुरु गरिएको हो । नौ किलोमिटर लम्बाइ रहेको कुलो सरकार र स्थानीयवासीको रु दुई करोड ६० लाख लागतमा निर्माण सम्पन्न भएको छ । पुरानो कुलोलाई पनि मर्मत गर्दै सिँचाइका लागि प्रयोग गरिएको छ ।

यसलाई पनि व्यवस्थित गरी नियमित रूपमा पानी सञ्चालन गर्न स्थानीय निकाय र प्रदेश सरकारबाट सहयोग जुटाउन लागिपर्ने निस्दी गाउँपालिका–१ का अध्यक्ष पूर्णबहादुर खाँण बताउनुहुन्छ । पहिला सिँचाइ अभावले खेतीयोग्य जमीन बाँझिन थालेपछि केहीले गाउँ नै छाडेर अन्यत्र बसाइ सरी गएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com