ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विभिन्न स्थानबाट नगदसहित २१ जुवाडे पक्राउ


admin

घोराही, २४ कात्तिक । दाङ गढवामा गए राति रु एक लाख ७५ हजार नगदसहित छ जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गढवा–६ बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरिएको हो ।

गढवा गाउँपालिका–६ निवासी होमराज रिजाल, नारायण पोखरेल, राजन रोका, मोहनसिंह बुढामगर, राजमन यादव र सौगात चौधरीलाई नगदसहित जुवाको खालमा पक्राउ गरेको हो । पक्राउ परेकालाई मुलुकी अपराध संहिता दफा १२५ को उपदफा २ को (क) अनुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने इलाका प्रहरीले कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिनुभयो ।

त्यसैगरी प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची–७ भारती थोकबाट रु ६० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट गएको टोलीले गए राति ११ः४५ बजे छापा मारी उनीहरूलाई नगदसहित पक्राउ गरेको हो । जुवा खेल्ने बढेको गुनासो आएपछि प्रहरीले सुरक्षा व्यवस्था बढाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिनुभयो ।

केही दिनअघि पनि प्रहरीले मेलम्ची–११ बाट छ जुवाडेलाई नगद रु ३४ हजारसहित पक्राउ गरेको थियो । आजसम्म बिदा रहेकाले पक्राउ परेका १५ जनालाई भोलि म्याद थपको लागि अदालत लगिने मल्लले जानकारी दिनुभयो । लाखाँै रुपैयाँ तासमा हार्न थालेपछि घरकापरिवारका सदस्यले नै गुनासो गर्ने गरेकाले गस्ती बढाइएको मल्लको भनाइ छ । पछिल्लो समय जिल्लामा जुवा, तास खेल्ने सङ्ख्या वृद्धि भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com