ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा भैलो खेल्न हिँडेको जीप दुर्घटना


एबीसी न्यूज
कार्तिक २२, २०७५ बिहीबार  ३ : ३७ बजे

दाङ , २२ कातिक । दाङमा भैलो खेल्न जाँदै गरेका व्यक्तिहरु चढेको जीप दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका –७, राजापुरमा लु १ च ७५१६ नम्बरको जीप दुर्घटना हुँदा भैलो खेल्न जाँदै गरेका २० जना घाइते भएका हुन् ।

तुलसीपुर बजारबाट आदर्श युथ क्लबको टोली पर्सेनीमा भैलो खेल्न आउँदै गरेको त्यो जीप तीव्र गतिका कारण दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

केही घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ भने केहीको घोराही र नेपालगञ्ज रिफर भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले जनाएको छ । दुर्घटना पछि जीप चालक फरार भएका छन् । घाइतेमध्ये अहिलेसम्म तीन जनाको मात्रै परिचय खुलेको छ ।

तुलसीपुर उपमहानगरपालिका –७, झुमारेकी १८ वर्षीया कामना भुसालको टाउकोमा चोट लागेको र त्यसै ठाउँका २४ वर्षीय सुदन चौधरीलाई तुलसीपुरमा प्रारम्भिक उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

यसैगरी वर्षीया सरस्वती भट्टराईको प्रारम्भीक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याइएको ट्राफिक प्रहरी कार्यालय सञ्चार शाखाका प्रहरी हवल्दार डिमबहादुर थापाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पको दाबी: ‘इरानी ‘पागलहरू’ पहिले आक्रमण गर्न लागेका थिए’

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सम्बन्धित

जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

पर्सा–२ का उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीमा शंकास्पद विस्फोटक पदार्थ फेला, चार जना नियन्त्रणमा

चुनावी विश्लेषण गर्न पाउनुपर्ने माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता

धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com