
चितवन , २० कार्तिक । चितवन प्रहरीले दीपावली र छठको अवसरमा बिस्फोटजन्य पदार्थ पटका नपड्काउन जिल्लाबासीलाइ अपिल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरले बिस्फोटजन्य पदार्थ पटका पड्काउदा अंगभंग हुने, बालबालिकाको आंँखाको ज्योती गुम्ने, आगोलागी हुने र धनजनको समेत क्षति हुनुको साथै समाजमा अशान्ति र भय त्रास हुने भएकोले पटका नपड्काउन सबैमा अपिल गर्नुुुभएको हो । एसपी राठौरले प्रहरीले दिएको पटकपटकको आदेश, अनुरोध र निर्देशनको बर्खिलाप गरे वा लुकिछिपी रूपमा पट्का पड्काएको पाइए प्रहरीले ‘अन द स्पोर्ट्’ कडा भन्दा कडा कार्वाही गर्ने चेतावनी समेत दिनुभएको छ ।
उहाँले अहिलेसम्म पटका पड्काउने २१ जनालाई नियन्त्रणमा लिएर कार्वाही प्रक्रियालाई अगाडी बढाएको बताउनुहुँदै आफ्ना बालबालिकालाई समेत जिद्दी गरेकै भरमा पट्का पड्काउन नदिन र त्यसबाट टाढै राख्न अभिभावकलाई समेत आग्रह गर्नुभएको छ । तीन नम्बर प्रदेश प्रहरी कार्यालय मकवानपुरले पटका नियन्त्रण र शान्तिसुरक्षामा समेत कडाई गरेकै कारण तराइ क्षेत्रबाट जिल्लामा पट्का भित्रीन पाएका छैनन् । हाम्रो सुरक्षा र प्रदेश प्रहरी कार्यालयको सुरक्षा रणनीति अनुसार केही हदसम्म भए पनि बिगतका दिनमा भन्दा अहिलेको समयमा जिल्लामा पट्का पक्डिएको छैनन् ।
उहाँले भन्नुभयो : यदाकदा , पुरानो स्टक रहेको र लुकिछिपी केही ब्यक्तिले पट्का पड्काउने र त्रास फैलाउने गरेको भन्ने मैले पनि सुनेको छु । यसलाई पनि मैले नियन्त्रणमा लिने कोसिस गरिरहेको छु । उहाँले पट्काजन्य पदार्थ कहिँकतै बिक्रीवितरण भएको पाइए वा हुन लागेमा तत्कालै नजीकको प्रहरी वा कन्ट्रोल रुमको १०० वा कार्यालय प्रमुखको ९८५५०१५५५५ , ईलाका प्रहरी कार्यालय रत्ननगरको ९८५५०९०१३५ , जिल्ला प्रहरी कार्यालय चितवनको ९८५५०९०१३३ , वर्डा प्रहरी कार्यालय नारायणगढको ९८५५०९०१३१ र, ईलाका प्रहरी कार्यालय खैरहनीको ९८५५०९०१३२ मार्फत सूचना दिन सकिने ब्यबस्था समेत मिलाएको बताउनुभएको छ ।
यो फोन २४ सै घण्टा नागरिकको सेवामा तत्पर भएको समेत एसपी राठौर बताउनुहुन्छ । साथै, उहाँले असुरक्षाको कुनै पनि महशुस भए कार्यालय प्रमुख स्वयंम लाइ सूचना दिन समेत उहाँले आग्रह गर्नुभएको छ । प्रहरीले घट्ना घटेको पाँच देखी १० मिनेट भित्रै प्रहरी घट्नास्थलतर्फ प्रस्थान हुने गरी मोबाईल गाडी तयार पारिएको र सोही अनुसारको सुरक्षा समेत दिइरहेको बताउनुहुँदै पट्का भित्र्ने सक्ने भयलाइ मध्ययनजर गर्दै जिल्ला भित्रीने र बाहिरीने मुख्य नाकाहरुमा प्रहरी र ट्राफिकको चेक प्वाइन्ट समेत खडा गरिएको छ । लोथर, पुलचोक, गोन्द्राङ, मुग्लिङ्ग र रामनगरमा गरी ५ ठाउंँमा चेक प्वाइन्ट राखिएको समेत स्पष्ट पार्नुभयो ।
सुरक्षा ब्याबस्था कडा ।
चार्डपर्वलाइ मध्ययनजर गर्दै चितवन प्रहरीले जिल्लाको सुरक्षा ब्याबस्था चुस्त बनाएका छन् । जिल्लामा सिंगमका रूपमा एसपी सुशील सिंह राठौरको आगमन र उहाँको आक्रमक प्रस्तुतीले चितवनमा दसैं जस्तै तिहार समेत शान्तिपूर्ण हुने लक्ष्ण देखापरेको छ । दसैं आउनु सातादिन अगाडि देखी नै जिल्लालाई कडाइ बनाउनुभएका चितवनका एसपी राठौरले तिहार , छठ र पुर्वी चितवनबासीको ठूलो महान चित्रसारी मेलामा हुन सक्ने अपराधीक गतिविधिलाई समेत मध्ययनजर गर्दै जिल्लाको विभिन्न स्थानहरूमा समेत ४६५ जना सुरक्षाकर्मी परिचालन गरी सुरक्षा ब्याबस्था समेत कडा बनाउनुभएको छ ।
सुरक्षा कडाइका साथै गस्ती समेत बढाइएको छ । सिपाही , हवल्दार मात्रै खटाएर अपराध नियन्त्रणमा नआउने र उनीहरुको जस्तै आफ्नु समेत उत्तिकै जिम्मेवारी हुने भन्दै उहाँ आफैं बजार क्षेत्रका साथै, गल्ली गल्लीमा राती एक बजेसम्म मोबाईल गस्ती गर्नुहुन्छ नै त्यत्तिकै मात्रामा सादा पोशाकका प्रहरी, बद्रीधारी प्रहरी, बिट प्रहरी, र सिसी क्यामेरा मार्फत जिल्लाको सुरक्षा व्यवस्था समेत मिलाउनु भएको छ । बढी भिडभाड हुने स्थान, बैंक वित्तिय संघसंस्था, सुनचाँदी पसल, भिआईपी निवास वरपर सादा पोशाक र बर्दी सहितका प्रहरी परिचालन गरिएको समेत बताउनुभयो । उहाँले बजार क्षेत्रको सुरक्षाका लागी झन्डै ५ ओटा गाडीमा प्रहरी खटाउनुभएको छ । भने, मोटरसाइकल, साइकल र पैदलमा सादा पोशाकका प्रहरी र मोबाईल गस्ती समेत बढाउनुभएको छ । ग्रामीण क्षेत्र, शहरी क्षेत्र, राजमार्ग र शहरका भित्री गल्लीगल्ली मा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाईराख्न ४ सय ६५ जना प्रहरी परिचालन गरिएको समेत उहाँ बताउनुहुन्छ । केही गर्छु भनी जिल्लामा प्रवेश गरेका उनलेे जुवाडेलाई जिल्लाबाट लखेटेका मात्रै छैनन् कि चार्डपर्वमा चितवन जिल्ला शान्तिपूर्ण राख्न उल्लेखनीय भुमिका समेत खेल्नुभएकोमा स्थानीय खुशी छन् ।
प्रहरी स्रोतले बताए अनुसार जुवाडेलाइ खोजी खोजी कार्वाहीको दायराभित्र ल्याउन सफल हुनुभएको एसपी राठौरले पट्का लगायत बिस्फोटजन्य पदार्थ समेत बिक्रीवितरण हुन चितवनमा दिनुभएको छैनन् । ती जवान दर्जाका प्रहरीले बताएअनुसार सुरक्षाको मामिलामा कम्परमाइज नगरी आफैं गस्तीमा रातभर हिंड्नु अनि निश्पक्ष भइ काम गर्नु दैनिकजसो बिफ्रीङ्ग गर्दै कर्मचारीको सात्तो लिनु अहिलेसम्म कुनै एसपी चितवन नआएको बताए । उनलेे एसपी राठौरले गलत काम पनि नगर्ने र गलत समेत हुन नदिने भएपनि यदाकदा केही ब्यक्तिका कारण उहाँलाई अप्ठ्यारोमा पार्ने निश्चित रहेको ती स्रोत बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्