ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी विदेशमन्त्री र उत्तर कोरियाली उच्च सैनिक अधिकारीबीच भेटवार्ता हुदै


admin

वासिङटन, २० कात्तिक ।अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनका एकजना उच्चस्तरीय सैनिक अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उहाँले आगामी बिहीबार ती अधिकारीसँग भेटवार्ता गर्न लाग्नुभएको हो ।

गएको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको द्विपक्षीय उच्चस्तरीय भेटवार्तापछि विकसित यी दुई देशबीचको यो भेटलाई महत्वका साथ हेरिएको छ ।

उक्त सम्मेलनपछि यी दुई देशबीचको सम्बन्धमा सुधार आएको भए पनि पछिल्लो समयमा भने निशस्त्रीकरणका विषयमा विभिन्न कुराहरु आइरहेका छन् ।
अमेरिकी विदेशमन्त्री पोम्पेओसँग भेटवार्ता हुन लागेका उत्तर कोरियाली सैनिक अधिकारी कर्णेल किम योङ चोल हुन् । उनी उत्तर कोरियाली नेता उनका विश्वासपात्र मानिन्छन् ।

कोरियाली प्रायद्वीपमा निशस्त्रीकरणका लागि काम गर्ने सहमति अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच गन जुन १२ मा सिंगापुरमा सहमति भएको थियो । सो सहमतिपछि उत्तर कोरियाले परमाणु अस्त्रको उत्पादन नगरेको बताएको छ ।

तर पनि केही अमेरिकी अनुसन्धानहरुले भने उत्तर कोरियाली लुकिछिपी यहाँ परमाणु अस्त्र उत्पादन गर्ने गरेको बताएका छन् । सो कुरा उत्तर कोरियाले स्वीकार गरेको छैन ।
केही समयमात्र अघि उत्तर कोरियाको विदेश मन्त्रालयले नै यदि अमेरिकाले आफूमाथि लगाएका विविध नाकाबन्दीहरु नहटाउने हो भने आफूहरु परमाणु अस्त्र उत्पादन गर्न बाध्य हुने बताएको थियो ।

यस विषयमा अमेरिकाले कुनै जवाफ दिएको छैन । कोरियाली प्रायद्वीपमा शान्तिको आशा अझै नमरेको अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको छ । उहाँले हालैमात्र पनि आफू उत्तर कोरियासँग मिलेर काम गर्न इच्छुक नै रहेको बताउनुभएको थियो ।

बिहीबार हुन लागेको उत्तर कोरियाली सैन्य अधिकारी चोल र अमेरिकी विदेशमन्त्री पोम्पेओबीचको वार्तामा यस विषयमा कुराकानी हुने बताइएको छ ।
उक्त भेटवार्ता हुन लागेको विषयको पुष्टिगर्दै अमेरिकी विदेशमन्त्री पोम्पेओले यस भेटका क्रममा दुई देशबीचमा विगतमा भएका सहमतिहरुबारे उल्लेख्य प्रगति हुने धारणा राख्नुभएको छ ।

उहाँले गएको जुन महिनामा भएको सो उच्चस्तरीय भेटवार्तापछि भएका प्रगतिहरुको समीक्षाका लागि आगामी केही समयमा त्यस्तो अर्काे उच्चस्तरीय भेटका लागि बिहीबार हुन लागेको भेटका क्रममा वातावरण निर्माण हुने अपेक्षा गरिएको जानकारी पनि उहाँले दिनुभएको छ ।

उता एकदिन मात्र अघि पनि संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा संयुक्त सैन्य अभ्यास शुरु भएकोे अर्काे एक समाचार आएको थियो । जुन महिनाको सो उच्चस्तरीय भेटावार्तापछि रोकिएको सो सैन्य अभ्यास रोकिएको थियो ।

दक्षिण कोरियाली अधिकारीहरुले दिएको जानकारीअनुसार सो सैन्य अभ्यास सोमबारबाटै शुरु भएको हो । दुई हप्तासम्म चल्ने र दक्षिण कोरियाको दक्षिणी शहर पोहाङमा जारी रहेको सो सैन्य अभ्यास सानो आकारको रहेको र त्यसमा ५०० सैनिक मात्र सहभागी हुनेछन् ।

उत्तर कोरियाले आपत्ति जनाएपछि पहिले सो सैनिक अभ्यास रोकिएको थियो । तर यस पटकको यस अभ्यासपछि भने उत्तर कोरियाको कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com