ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यान्मारका केही शरणार्थी स्वदेश फर्काइने


admin

याङ्गुन, १९ कात्तिक ।  म्यान्मारले आफ्नो देशबाट विस्थापित भएर बंगलादेशमा रहिबसेका दुई हजार २६० जनालाई डिसेम्बर १५ देखि फिर्ता लिने जनाएको छ । म्यान्मारको रखाइन राज्यका अधिकारीहरुको भनाइ उद्धृत गर्दै सरकारी सञ्चार माध्यम ग्लोबल न्यू लाइटले उक्त जानकारी दिएको छ ।

स्वदेश फर्कनेहरुका निम्ति एन्गाखुया र पो खाउङमा घरहरु, स्वास्थ्य क्लिनिक, खानेपानी लगायतका पूर्वाधार तयार पारिएको छ ।

म्यान्मार र बंगलादेशबीच गत अगस्टमा सम्पन्न मन्त्रीस्तरीय बैठकमा म्यान्मारको पश्चिमी राज्यबाट विस्थापित भएर बंगलादेश पुगेका अल्पसंख्यक रोहिङ्ग्या समुदायलाई स्वीकार गर्ने सहमति भएको थियो ।

रोहिङ्ग्या समुदायको फिर्तीका निम्ति दुई देशबीच १० बुँदे समझदारीमा हस्ताक्षर भएको थियो । समझदारीमा विस्थापित व्यक्तिलाई सम्मानजनक व्यवहार गर्ने, आतङ्कवादसँग जुध्ने र सीमा क्षेत्रमा लागूऔषधको कारोबार रोक्ने लगायतका विषयमा सहमति भएको थियो ।

म्यान्मारले स्थानीय र अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्वग्रस्त रखाइन राज्यको पुनर्निर्माणमा सघाउन आग्रह गरिआएको छ । गत वर्ष नोभेम्बरमा बंगलादेशसँगको सम्झौता बमोजिम विस्थापितलाई स्वदेश फर्काउन म्यान्मारले प्रयत्न जारी राख्नुका अतिरिक्त रखाइन राज्य सम्बन्धी विशेष परामर्श आयोगको सुझावलाई पनि सरकारले कार्यान्वयन गरिरहेको छ ।

गत वर्ष जुनमा म्यान्मारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र राष्ट्रसङ्घीय शरणार्थी आयुक्त (युएनएचसीआर) सँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यो समझदारी अनुसार दुवै निकायले रखाइन राज्यका विस्थापित व्यक्तिहरुका लागि म्यान्मार सरकारको पुनस्र्थापना कार्यक्रमलाई मद्दत गर्नेछन् ।

गत वर्ष पनि रखाइन राज्यमा सक्रिय अराकान रोहिङ्ग्या मुक्ति सेना (एआरएसए) ले प्रहरी र सेनाका चौकीमा आक्रमण गरेका थिए । म्यान्मारका सेना र प्रहरीमाथि विद्रोहीले गरेको आक्रमणपश्चात सैनिक कारबाही हुँदा सात लाखभन्दा बढी रोहिङ्ग्या समुदाय रखाइनबाट विस्थापित भएका थिए । तर सैनिक कारबाहीका क्रममा मानव अधिकारको चरम उल्लङ्घन भएको विभिन्न अनुसन्धानले देखाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com