ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोब्बरले बढ्यो बैंक तथा वित्तीय संस्थामा महिलाको खाता


admin
कार्तिक १६, २०७५ शुक्रबार  ५ : २० बजे

 


काठमाडौं,१६ कात्तिक । पछिल्लो समयमा वित्तीय क्षेत्रमा नेपाली महिलाको पहुँच क्रमशः बढ्दै गएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको मानव विकास सूचकाङ्कको ‘वित्तीय संस्थामा महिलाका खाता’ शीर्षकमा सो विषय समावेश गरिएको छ ।

सन् २०११ देखि सन् २०१७ सम्मको तथ्याङ्कमा नेपाली महिलाले पछिल्लो छ वर्षमा नै दोब्बर खाता खोलेको पाइएको हो । प्रतिवेदनअनुसार सन् २०११ मा २१ दशमलब दुई प्रतिशतले मात्रै बैंक तथा वित्तीय संस्थामा खाता खोलेका थिए भने सन् २०१७ को अन्त्यमा आइपुग्दा सो सङ्ख्या बढेर ४१ दशमलब ६ प्रतिशतमा पुगेको छ ।

प्रतिवेदनले महिला क्रमशः वित्तीय संस्थाको पहुँचमा पुग्दै गएको र त्यो सङ्ख्या क्रमशः बढ्दै जाने देखाएको छ । शहरी तथा ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच बढ्दै गएको, बचत गर्नुपर्छ भन्ने मान्यताको विकास भएका कारण पनि महिलाको सङ्ख्यामा वृद्धि भएको हो ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा हरेक नेपालीको एक बैंक खाता अनिवार्य खोल्ने कार्यक्रम ल्याएको छ । सो कार्यक्रमले समेत महिलाको सङ्ख्यामा वृद्धि हुने देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत २०७५ भदौ मसान्तमा १५१ रहेका छन् । हाल २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६६ लघुवित्त संस्था सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल गत असार मसान्तमा छ हजार ६५१ रहेकामा गत २०७५ भदौ मसान्तसम्ममा छ हजार ८१९ पुगेका छन् ।

सङ्घीयता कार्यान्वयनका क्रममा गठन भएका ७५३ स्थानीय तहमध्ये २०७५ भदौ मसान्तसम्म ६६६ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति पुगेको छ । सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकलाई आफ्ना शाखा विस्तार गर्न बाध्यकारी व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्दप्रसाद नागिलाका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने नेपालीको सङ्ख्या रु दुई करोड ३५ लाख रहेका छन् । “एकै व्यक्तिका पनि तीन÷चार वटासम्म बैंक खाता रहेका छन्, सबै खातालाई फरकफरक खाताका रुपमा लिइन्छ”, सहायक प्रवक्ता नागिलाले भन्नुभयो ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमध्ये भारतमा सन् २०११ मा २६ दशमलब पाँच प्रतिशत महिलाले खाता खोलेकामा सन् २०१७ मा बढेर ७६ दशमलब ६ प्रतिशत पुगेको छ ।

यस्तै भूटानमा २७ दशमलब ७ प्रतिशत महिला बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुगेका छन् । पाकिस्तानमा सन् २०११ मा मात्रै तीन प्रतिशत महिलाले बैंक तथा वित्तीय संस्थामा खाता खोलेकामा सन् २०१७ मा पुग्दा सात प्रतिशत पुगेका छन् ।

छिमेकी देश बङ्गलादेशमा सन् २०११ मा २६ प्रतिशत महिला बैंक तथा वित्तीय संस्थामा आबद्ध रहेको र त्यो सङ्ख्या सन् २०१७ को अन्त्यसम्म बढेर ३५ दशमलब आठ प्रतिशतमा पुगेको छ । अफगानिस्तानमा सात दशमलब दुई प्रतिशत महिला मात्रै वित्तीय संस्थाको पहुँचमा रहेका छन् । यस्तै श्रीलङ्कामा ७३ दशमलब चार प्रतिशत महिला वित्तीय संस्थाको पहुँचमा छन् ।

अष्ट्रलियामा ९९ दशमलब दुई, अष्ट्रियामा ९८ दशमलब चार, बेल्जियममा ९८.८, चीनमा ७६ दशमलब चार प्रतिशत महिलाको पहुँचमा बैंक तथा वित्तीय संस्था रहेका छन् । यस्तै बेलायतमा ९६ दशमलब एक प्रतिशत ४, अमेरिकामा ९२ दशमलब ७ प्रतिशत मात्रै बैंकिङ पहुँचमा रहेका छन् ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले महिलालाई नै केन्द्रित गरेर खाता खोल्ने कार्यक्रम अगाडि सारेका छन् । राष्ट्रिय वाणिज्य बैंकले महिलालाई नै केन्द्रित गरे महालक्ष्मी बचत खाता कार्यक्रम सञ्चालन गरेको छ । कृषि विकास बैंकले एक घर, एक खाता हाम्रो अभियान सञ्चालन गरेको छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले पनि महिला केन्द्रित खाता कार्यक्रम सञ्चालनमा ल्याएका छन् । यी विभिन्न कार्यक्रमले बैंक तथा वित्तीय संस्थामा महिलाको पहुँच बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि, के–के गर्न पाइँदैन ?

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

सम्बन्धित

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com