ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा विपक्षीसँग छलफल


admin

ढाका, १६ कात्तिक ।  बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आउँदो डिसेम्बरका लागि तय भएको आमनिर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दलको गठबन्धनसँग बिहीबार साँझ छलफल गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी आवास ढाकामा स्थानीय समयअनुसार बेलुका ७ बजे सुरु भएको छलफल राती ११ बजे सकिएको अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री हसिना नेतृत्वको पार्टी बङ्गलादेश अवामी लिग (एएल) ले प्रमुख विपक्षी दलको गठबन्धनलाई बिहीबार छलफलका लागि बोलाएको थियो ।

पूर्व प्रधानमन्त्री खालिदा जिया नेतृत्वको बङ्गलादेश नेसनल पार्टी (बिएनपी)ले गत अक्टोबर महिनाको शुरुमा “जातीय ओइक्या फ्रन्ट (युनाइटेड नेसनल फ्रन्ट)” गठबन्धन बनाएको थियो ।

गठबन्धनको नेतृत्व भने पूर्व विदेशमन्त्री तथा प्रतिष्ठित कानुन व्यवसायी कमाल हुसेनले गर्नुभएको छ । उहाँ स्वतन्त्र बङ्गलादेशको संविधानका मस्यौदाकार समेत हुनुहुन्छ । उहाँले आगामी संसदीय निर्वाचनका लागि गैरदलीय सरकार निर्माण गर्न र बीएनपीका अध्यक्ष जिया समेतका सबै राजनीतिक बन्दीहरु रिहा गर्न माग गरिरहनुभएको छ ।

बीएनपीका अध्यक्ष जिया भने गत फेब्रुअरीदेखि भ्रष्टाचारको आरोपमा जेलमा हुनुहुन्छ । प्रधानमन्त्रीसँगको वार्तामा सहभागी हुनुभएका बीएनपीका प्रवक्ता मिर्जा फख्रुल इस्लाम अलामगिरले वार्ता उपलब्धीमूलक र सकारात्मक हुन नसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com