ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा विपक्षीसँग छलफल


admin
कार्तिक १६, २०७५ शुक्रबार  ३ : २० बजे

ढाका, १६ कात्तिक ।  बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आउँदो डिसेम्बरका लागि तय भएको आमनिर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दलको गठबन्धनसँग बिहीबार साँझ छलफल गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी आवास ढाकामा स्थानीय समयअनुसार बेलुका ७ बजे सुरु भएको छलफल राती ११ बजे सकिएको अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री हसिना नेतृत्वको पार्टी बङ्गलादेश अवामी लिग (एएल) ले प्रमुख विपक्षी दलको गठबन्धनलाई बिहीबार छलफलका लागि बोलाएको थियो ।

पूर्व प्रधानमन्त्री खालिदा जिया नेतृत्वको बङ्गलादेश नेसनल पार्टी (बिएनपी)ले गत अक्टोबर महिनाको शुरुमा “जातीय ओइक्या फ्रन्ट (युनाइटेड नेसनल फ्रन्ट)” गठबन्धन बनाएको थियो ।

गठबन्धनको नेतृत्व भने पूर्व विदेशमन्त्री तथा प्रतिष्ठित कानुन व्यवसायी कमाल हुसेनले गर्नुभएको छ । उहाँ स्वतन्त्र बङ्गलादेशको संविधानका मस्यौदाकार समेत हुनुहुन्छ । उहाँले आगामी संसदीय निर्वाचनका लागि गैरदलीय सरकार निर्माण गर्न र बीएनपीका अध्यक्ष जिया समेतका सबै राजनीतिक बन्दीहरु रिहा गर्न माग गरिरहनुभएको छ ।

बीएनपीका अध्यक्ष जिया भने गत फेब्रुअरीदेखि भ्रष्टाचारको आरोपमा जेलमा हुनुहुन्छ । प्रधानमन्त्रीसँगको वार्तामा सहभागी हुनुभएका बीएनपीका प्रवक्ता मिर्जा फख्रुल इस्लाम अलामगिरले वार्ता उपलब्धीमूलक र सकारात्मक हुन नसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com