ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्राजिलको दूतावास जेरुसेलममा सार्ने बोल्सोनारोको योजना


admin

 ब्राजिल, १६ कात्तिक । ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले इजरायलको तेल अभिभमा रहेको आफ्नो मुलुकको राजदूतावास जेरुसेलम सारिने बताउनुभएको छ ।

“इजरायल सार्वभौम मुलुक हो । यदि उनीहरुले राजधानी सहर जेरुसेलमलाई मान्छन् भने हामीले त्यही अनुरुप कार्य गर्नु पर्दछ । चुनावताका मेरो प्रतिबद्धता त्यही थियो, र आज पनि छ,” बोल्सोनारोले इजरायल हालोमलाई दिएको अन्तर्वार्तामा बताउनुभएको छ ।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिनुका साथै तेल अभिभमा रहेको अमेरिकी राजदूतावास जेरुसेलम सारिएको थियो । अमेरिकी कदम लगत्तै प्यालेस्टिनी अधिकारीहरुले अमेरिकासँगको सहकार्य स्थगित गरेका छन् ।

जेरुसेलम विवादित सहर हो जसलाई प्यालेस्टिनीहरुले पूर्वी जेरुसेलम मान्दछन् । यो सहरलाई १९६७ को अरब–इजरायल युद्धका क्रममा इजरायलले कब्जा गरेको थियो । प्यालेस्टिनीहरुले स्वतन्त्र प्यालेस्टाइनको भावी राजधानीका रुपमा जेरुसेलमलाई लिने गरेका छन् ।

ग्वाटेमाला र पाराग्वेले पनि अमेरिकी कदमको सिको गर्दै तेल अभिभबाट आफ्ना मुलुकका राजदूतावास जेरुसेलम ल्याउने घोषणा गरेका थिए । तर पाराग्वेले हाल उक्त निर्णय फिर्ता लिएको छ । धेरै मुलुकले आफ्ना दूतावासहरु जेरुसेलम स्थानान्तरण गर्ने योजना बनाउन थालेको बताइएको छ ।

ब्राजिल र इजरायलबीच लामो समयदेखि घनिष्ट सम्बन्ध रहे पनि पछिल्लो समयमा दुई देशबीचको सम्बन्धमा तनाव आएको छ । सन् २०१४ मा इजरायलले गाजा क्षेत्रमा जथाभावी गरेको सशस्त्र कारबाहीलाई ब्राजिलले विरोध गरेको थियो । त्यसबखत इजरायली विदेश मन्त्रालयले ब्राजिललाई असान्दर्भिक कुटनीतिक साझेदारको संज्ञा दिएको थियो ।

आगामी जनवरी १ देखि ब्राजिलको राष्ट्रपति पदमा औपचारिक पदबहाली गर्ने बोल्सोनारोले इजरायलसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभएको छ ।

ब्राजिलको राष्ट्रपतिमा रहँदा लुइज इनासियो लुला डी सिल्भाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिनुभएको थियो । तर नवनिर्वाचित राष्ट्रपति बोल्सोनारोले उक्त नीतिमा परिवर्तन ल्याउने सङ्केत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com