ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मासुजन्य उत्पादनबाट आत्मनिर्भर बन्दै रोल्पा


admin
भाद्र २८, २०७४ बुधबार  २ : १० बजे

रोल्पा, २८ भदौ । मासुजन्य उत्पादनमा रोल्पा आत्मनिर्भर भएको छ । तर दूध र अण्डा उत्पादन भने अपुग देखिएको छ ।

जिल्ला पशु सेवा कार्यालयका अनुसार वर्षेनी ३३ लाख १७ हजार किलो मासु उत्पादन हुँदै आएको छ । औसत राष्ट्रिय आवश्यकताअनुसार प्रतिव्यक्ति १४ किलो मासु आवश्यकता पर्नेमा जिल्लामा औसत १५ किलो मासु उत्पादन भइरहेको छ ।

कुखुरा, राँगा, बंगुर र खसीबाट उत्पादित मासु जिल्लामा खपत भई बढी भएको जिल्लाबाहिर पठाउने गरिएको वरिष्ठ पशु विकास अधिकृत डा गान्धीराज उपाध्यायले जानकारी दिनुभयो । पशुजन्य उत्पादनअन्तर्गत दूध र अण्डामा भने अझै अपुग हुँदै आएको छ ।

जिल्लामा वर्षेनी ४९ लाख ३३ हजार लिटर दूध उत्पादन हँुदै आएको छ । औसत राष्ट्रिय आवश्यकताअनुसार प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यकता पर्ने भए पनि जिल्लामा औसत प्रतिव्यक्ति २१ लिटर दूध मात्रै उपलब्ध हँुदै आएको छ । व्यावसासिक रुपमा गाई तथा भँैसीपालन कम भएको डा उपाध्याय बताउनुहुन्छ ।

यसैगरी अण्डा उत्पादन जिल्लाको आवश्यकताभन्दा कम देखिएको छ । औसत राष्ट्रिय आवश्यकताअनुसार व्यक्ति व्यक्ति ४८ वटा अण्डा आवश्यक पर्छ । तर हाल जिल्लामा १४ वटा अण्डा मात्रै उपलब्ध हँुदै आएको छ । कुखुरापालन गर्नेको सङ्ख्या बढे पनि अण्डाका लागि कुखुरा पाल्ने निकै कम भएकाले अण्डा उत्पादनमा कमी आएको हो ।

“मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौँँ”, उहाँले भन्नुभयो । वैदेशिक रोजगारबाट फर्केकाहरु व्यावसायिक बाख्रापालनमा लागेका छन् । जिल्लालाई दूध र अण्डामा समेत आत्मनिर्भर बनाउन कार्यालयले कार्यक्रम सञ्चालन गरेको वरिष्ठ पशु विकास अधिकृत डा उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

सम्बन्धित

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com