काठमाडौं, १४ कात्तिक । आज र भोली देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औंषधि खुवाईदैछ ।
सरकारले भिटामिन ए कार्यक्रम अन्तरगत आज र भोली दुई दिन ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउन सुरु गरेको हो ।
६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने काम भईरहेको महिला स्वास्थ्य स्वयम्सेविका सिता खड्काले जानकारी दिनु भयो । भिटामिन ए क्याप्सुल सुत्केरी महिलालाई पनि खुवाइएको पनि उहाँले बताउनु भयो ।
यस वर्ष ५ वर्ष मुनिका २३ लाख ५६ हजार भन्दाबढि बालबालिकालाई भिटामिन ए क्याक्सुल खुवाइने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका सबै स्थानीय तहको वडा स्तरमा नै महिला स्वास्थ्य स्वयमसेविकाहरुले भिटामिन ए तथा जुकाको औंषधि खुवाउँदैछन । अभियानमा देशभरका ३६ हजार केन्द्रमा ६० हजार महिला स्वास्थ्य स्वयमसेविकासहितको जनशक्ति परिचालन गरिएको छ ।
बाल मृत्यु दरलाई रोक्न सरकारले विक्रम संवत २०५० सालदेखि यो अभियान संचालन गर्दै आएको छ । बैशाख ६ र ७ तथा कार्तिक २ र ३ गते भिटामिन ए कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्नुपर्ने भएपनि यस वर्ष दसैंका कारण आज र भोलीका लागि सारिएको हो ।
प्रतिक्रिया दिनुहोस्