ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हवाइ रुटको कारण अन्तराष्ट्रिय उडानमा ढिलाइ नहुने – मन्त्री अधिकारी


abc


भैरहवा, १४ कात्तिक । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको कालोपत्रे गर्ने काम मगलबारदेखि शुरु भएको छ । सन् २०१९ को जुलाई १६ तारिख अघि नै संचालनमा ल्याउने लक्ष्य लिएको बिमानस्थलमा कालेपत्रेको काम सुरु भएका हो ।

२०७१ साल माघमा सिलन्यास भएको बिमानस्थल २०७४ पुस मसान्त भित्र पुरा गर्नु पर्ने भएता पनि मुलुकको राजनीतिक परिवर्तन र विविध कारणले सम्पन्न हुन नसकेको हो । पछिल्लो समय भने बिमानस्थल निर्माणको कामले तिव्रता पाएको हो । अहिलेसम्म बिमानस्थलमा निर्माण कार्य ५५ प्रतिशत सकिएको छ ।

बिमानस्थलमा रहेको ३ किलोमिटर धावन मार्ग रनवे, सव बेस लेयर र बेस लेयर पुरा गरि आयोजनाले पिचको काम शुरु गरेको हो । विमानस्थल निर्माण कार्यअन्तरगत अहिले निर्माण भइरहेको रन वे १ दशमलव २५ मिटर उचाइ, ३ हजार मिटर लम्बाइ तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइतर्फ दुवै किनारमा १५–१५ मिटर छाडिने छ ।

तीन हजार मिटर लामो रन वेको दुवैतिर ३/३ सय मिटर विमान सुरक्षाका लागि रन वे एण्ड सेङ्खटी एरिया (रेसा) निर्माणको पनि काम भइरहेको छ । सरकारले रनवे पिचको काम ६ महिना भित्र पुरा गर्न आयोजनालाई निर्देशन दिएको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र  अधिकारीले बताए ।

आयोजनाले रनवे पिचको काम ४ महिना भित्रै पुरा गर्ने लक्ष्य राखेको आयोजनाका निमित्त प्रमुख इन्जिनियर प्रवेश अधिकारीले दाबी छ । ६ महिना पछि बिमानस्थलको रनवे सकिएपछि आन्तरिक उडान शुरु हुने मन्त्री अधिकारीको दाबी छ । आन्तरिक उडान पछि सबै प्रकृया पुरा गरेर अन्तर्राष्ट्रिय उडान शुरु गर्ने उनले प्रतिबद्धता छ ।

मन्त्री अधिकारीले विभिन्न पर्यटकीय मुलुकको नाममा ख्याती कमाएकाहरु गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थनमा आउन इच्छा व्यक्त गरेको बताए । सरकारले नया“ सम्झौताहरु यस बिमानस्थलकै लागी भनेर गर्न पहलकदमी अघि बढाएको बताए । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको सुधार गर्न सरकारले प्रकृया अघि बढाएकोले अब जति सक्यो छिटो भैरहवामा अन्तराष्ट्रिय उडान हुने र निर्माणकार्य पुरा गर्न आयोजनालाई दबाव बढेको छ ।

गौतमबुद्ध बिमानस्थल प्रति अन्तराष्ट्रिय स्थरको चासो धेरै देखिएको छ । जसले गर्दा भविष्यमा बिमानको चाप धेरै अनुमान गर्न सकिन्छ । अहिले निर्माण पुरा भएको ६ वटा ठुला बिमान अट्ने पार्किङले नपुग्ने हुनाले थप ९ देखी १० वटा ठुला बिमान अट्ने पार्किङ आयोजनाले निर्माण गर्ने मन्त्री अधिकारीले भनाइ छ । त्यसैगरी अधिकारीले ४ वटा हवाई रुटमा सम्झौता गर्न भारतस“ग वार्ता हुने क्रममै भएको बताए । सुरक्षाको दृष्टीकोण देखाउदै भारतले महेन्द्रनगर र नेपालगंजको रुट दिन नमानेको तर सरकारले ति दुईटा रुट नभए भैरहवाको रुट मागेको अधिकारीको भनाई छ ।

रुटको कारण अन्तराष्ट्रिय उडानमा ढिलाइ नहुने बताउ“दै अधिकारीले निर्धक्क हुन अाग्रह गरे । अहिले प्रशासकीय भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । कूल ६ अर्ब २२ करोड रुपैया“ लागतको यो विमानस्थलमा एडिबीको ५४ करोड रुपैया“ अनुदान हो । बा“की चार अर्ब २० करोड रुपैया“ ऋण सहयोग छ । विमानस्थलको निर्माण कार्यको जिम्मा चिनिया“ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट

राष्ट्र सिकिस्त बिरामी छ: संसदमा शेखर कोइराला

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...