ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानी सैनिक अदालतद्धारा १४ आतङ्ककारीलाई मृत्युदण्डको फैसला


admin
कार्तिक १०, २०७५ शनिबार  १२ : ३० बजे

इस्लामावाद, १० कात्तिक । पाकिस्तानी सैनिक अदालतले पाकिस्तानमा समय समयमा हिंसात्मक गतिविधि गरिरहेका १४ जनालाई आतङ्ककारीको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।

उनीहरुका क्रियाकलाप आतङ्ककारी गतिविधिसँग सम्बन्धित भएको भन्दै ती १४ जनाका विरुद्ध सैनिक अदालतमा सुनुवाई भएको थियो । शनिबार इस्लामावादस्थित सैनिक अदालतले यस्तो आदेश दिएको हो ।

उनीहरु गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको र ती अपराधहरु आतङ्ककारी सजाय कानुनअनुसार मृत्युदण्डको लागि भागिदार भएको दाबी सैनिक अदालतले गरेको छ ।

सैनिक अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानी सैनिक प्रमुख जर्नेल क्वामार जाभेद बाजवाले जानकारी दिनुभएको हो । पाकिस्तानी सेनाको अन्तरसेवा जनसम्पर्क कार्यालयले शनिबार सो समाचारको पुष्टि गरेको हो ।

उक्त कार्यालयले सैनिक प्रमुख जर्नेल क्वामालाई उद्धृतगर्दै जनाएको छ ।
ती १४ जना विगत लामो समययतादेखि पाकिस्तानी सेनाका अधिकृतिहरुमाथि आक्रमण गर्ने, कैयौँ पाकिस्तानी सर्वसाधारण नागरिकको ज्यान लिने, शिक्षण संस्थाहरुमा आक्रमणगरी देशको भौतिक संरचनामा क्षति पु¥याउनेजस्ता क्रियाकलापमा संलग्न रहेको पाइएको बताइएको छ ।

उनीहरुले विगतमा पाकिस्तानका कम्तीमा पनि २२ जना नागरिकको हत्या गरेका थिए । यसरी हत्या भएकामा तीन जना सर्वसाधारण नागरिक र अरु १९ जना सुरक्षा निकायका अधिकारीहरु रहेका थिए ।

उनीहरुले विस्फोटक पदार्थ पड्काएर देशको भौतिक सम्पत्ति पनि नष्ट गरेका थिए । ती सबै आरोपमा भएको अदालती सुनुवाईमा उनीहरुको आरोप प्रमाणित भएको थियो ।

ती सबै १४ जना आतङ्ककारी नै रहेको र पाकिस्तानमा प्रतिबन्धित समूहका सदस्य भएर लामो समयदेखि काम गरिरहेको खुलेको सैनिक जनसम्पर्क कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनीहरुले आपूmमाथि लागेको आरोप स्वीकार गरेका पनि सो विज्ञप्तिमा जनाइएको पाकिस्तानको राजधानी इस्लामावादबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com