ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको चियापान आज, ५० हजारलाई निम्ता


एबीसी न्यूज
कार्तिक १०, २०७५ शनिबार  ७ : ३३ बजे

काठमाडौं, कार्तिक १० । सत्तासीन नेकपाले दसैं, तिहार, नेपाल सम्वत, छठलगातका चाडबाडको उपलक्ष्यमा शनिबार चियापान कार्यक्रम आयोजना गरेको छ । राजधानीको भृकुटीमण्डपमा हुने चियापानमा ५० हजारलाई निम्ता गरिएको नेकपाले जनाएको छ ।

‘हाम्रो पार्टीले विगतदेखि नै नेपालीले मनाउँदै आएका चाडबाड र साँस्कृतिक पर्वहरूका अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्दै आएको सर्वविदितै छ’, महासचिव विष्णु पौडेलले भने, ‘नयाँ संविधान लागू भएर तीनै तहको निर्वाचन सम्पन्न गरी मुलुक सम्मृद्धिको महाअभियानतर्फको राष्ट्रिय अठोटमा हिँडिरहेको वर्तमान अवस्थामा राज्यका सबै निकाय, राजनीतिक दल, नागरिक समाज तथा विकासका साझेदार मित्रहरूका बीचमा बलियो एकता र आपसी विश्वास अभिवृद्धि गर्न यसपटक पनि हाम्रो पार्टीले चाडपर्वका उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।’

अपरान्ह १२ बजेदेखि ५ बजेसम्म आयोजना गरिने कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका नामबाट निमन्त्रणा–पत्र पठाइएको महासचिव पौडेलले जानकारी दिए । २०७५ कात्तिक १० गते काठमाडौंको भृकुटीमण्डपमा अपरान्ह १२ बजेदेखि ५ बजेसम्म आयोजना गरिने कार्यक्रमका लागि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का नामबाट निमन्त्रणा–पत्र पठाइएको छ ।

उक्त शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको अपरान्ह १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता–कार्यकर्ता तथा आम जनसमुदायलाई आमन्त्रण गरिएको छ भने अपरान्ह ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्री तथा साँसदहरू, संवैधानिक अङ्गका पदाधिकारीहरू, सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सुरक्षा निकायका पदाधिकारीहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सेवानिबृत्त पदाधिकारीहरू, विभिन्न पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वहरू लगायतलाई आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेनाको स्पष्टीकरण: ‘विगतजस्तै यसपटक पनि मतपेटिका गणनास्थलसम्म पुर्‍याउँछौं’

रास्वपाले दावी गरेजस्तै देशभर कति सिट जित्न सक्छ ? विस्तृत तालिकामा

सम्बन्धित

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com