ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

सरकारको कामले जनतालाई निराश बनाएको छ – नेता पौडेल


abc

जापान, ९ कात्तिक ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले वर्तमान सरकारले जनतालाई दुई तिहाईको सरकार छ भन्ने आभाष दिलाउन नसकेको दावि गर्नु भएको छ ।

नेपाल पत्रकार महासंघ-जापान शाखाले बिहीबार टोकियोमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले चुनावमा भनिएको दाविहरु सरकार गठन भएको आठ महिना भईसक्दा पनि काम र योजना विहिन बनेको आरोप लगाउनु भयो ।

उहॉले अहिलेको सरकारले काम होइन, कुराहरू मात्रै ठूलो गरेको आरोप लगाउँदै राम्रा काम गर्नका लागि नेपाली काँग्रेसले सरकारलाई बाधा-अवरोध नगरेको दावी गर्नुभयो। “हामीले ज़िम्मेवार प्रतिपक्ष भएर नराम्रा काम र दुई तिहाईको नाममा मनपरी नगर्न सरकारलाई खबरदारी मात्र गरिरहेका छौं”, पौडेललले भने,”काँग्रेसमा पनि आन्तरिक सुधारको आवश्यकता देखिएको छ र हामी त्यसलाई सच्याउँदै जाने क्रममा छौं ।” जापान भ्रमणमा रहेका पौडेलले जापानको शासन विधि, प्रविंधि र समृद्धिको आधार बुझ्न सकियो भने नेपालमा पनि धेरै विकास गर्न सकिने विश्वास व्यक्त गरनुभयो।

नेता पौडेलले “नेपाललाई समृद्ध बनाउने हो भने युवा अनि दक्ष जनशक्तिहरूलाई पलायन हुनबाट रोक्न सक्नुपर्दछ”, समृद्ध र विकसित राष्ट्रको आधुनिकीकरण गर्ने पनि मान्छे नै हुन, त्यसैले हामी नेपालीले गर्न नसक्ने भन्ने केही छैन् ।” उहॉले सबै राजनीतिक दलहरूको परराष्ट्र नीति एकै हुनुपर्नेमा जोड दिदै सबै देशलाई हेर्ने दृष्टिकोण सबै राजनीतिक दलको एकै भएमा मात्रै नेपालको आफ्नै पहिचान स्थापित गर्न सकिने भन्दै नेपालमा जापानको विकास, प्रविधि र जापानी पर्यटक भित्र्याउन सके नेपालको विकास र समृद्धिमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

जापानवासी नेपाली र सरकारीस्तर दूतावासबाट जति प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने थियो,त्यो नभएको जस्तो देखिएकाले नेपाली दूतावासबाट जापानको विकास ,कूटनीतिक सम्बन्ध सुधार गरेर जानु पर्ने देखिएकोमा जोड़ दिनुभयो !

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली लोक लाज र नैतिकता नभएको व्यक्ति :प्रचण्ड

काठमाडौं २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले बिचित्रको फैसला गरेका कारण प्रधानमन्त्रीमै राखिदिएको भन्दै व्यंग्य गरेका छन्

भारतमा कोरोना संक्रमण भयावह , अन्तिम संस्कारका लागि घण्टौं लाइन

  एजेन्सी, नयाँ दिल्ली २८ चैत । कोरोना संक्रमणको फैलिँदो अवस्था भारतका कयौं राज्यका लागि चुनौतीको विषय बन्दै गइरहेको छ । संक्रमितहरुको उपचारका लागि संशोधनको अभाव

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ

लमजुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन्

सम्बन्धित

भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्न

बारपाकको राङरुङ भिरबाट जीप खस्दा दुई जनाको मृत्यु, सात घाइते

‘समृद्ध नेपाल सुुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न सरकार क्रियाशील भएर काम गरिरहेको छः मन्त्री गुरुङ

अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

मोटरसाइकल चोरी गर्ने श्रीजर सेन्चुरी साँखुबाट पक्राउ

हात्तीको आक्रमणबाट मृत्युु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com