ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्टरनेट यौन गतिविधिको कुलत, एक छात्राको गोली हानी हत्या


admin

एजेन्सी ,८ कात्तिक । अमेरिकाको उटाह विश्वविद्यालयमा अध्ययनरत एक छात्रालाई गोली हानी हत्या गरेका एक व्यभिचारी व्यक्तिको विगतका निजी विवरणहरुको खुलासाले सबैलाई आश्चर्यमा पारेको छ । यौन शोषणका लागि महिलालाई ललाइफकाइ जालमा पार्ने ती व्यक्तिले दशौं वर्ष जेलमा बसेपनि त्यस्तै कुकर्म नछाडेको पाइएको छ ।

सन् २०१२ मा रेकर्ड गरिएको र उटाह राज्यका अधिकारीहरुले हालै सार्वजनिक गरेको विवरणमा मेल्भीन रोल्यान्ड नामका ती व्यक्तिको कथा समेटिएको छ । व्यभिचारमा फसेका मेल्भीनले किशोरी र जोखिममा परेका महिलालाई लोभ्याउने, व्यक्तिगत वा अनलाइनबाट भेटेका महिलालाई चलाखीपूर्वक आफ्नो जालमा पार्ने गरेको प्रहरीको भनाइ छ ।

तिनै ३७ वर्षीय रोल्यान्डले सोमबार राति वासिङ्टनको पुलम्यान निवासी २१ वर्षीया लरेन म्याक–क्लस्कीमाथि विश्वविद्यालय परिसरभित्रै गोली प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ । लरेनमाथि गोली चलाउने रोल्यान्डले पनि लगत्तै आत्महत्या गरेका थिए ।

पीडितकी आमा जील म्याक–क्लस्कीले रोल्यान्डले झुटो कुरा बताएर छोरीलाई फसाएको बताइन् । त्यही थाहा पाएर छोरीले एक महिनासम्म चलेको प्रेमसम्बन्ध तोडेकी थिइन् । रोल्यान्डले आफ्नो नाम, उमेर र आपराधिक इतिहास सबै झुटो बताएका थिए ।

लरेन म्याक–क्लस्कीले त्यसपछि विश्वविद्यालयका प्रहरीसमक्ष यौन प्रताडनाको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । गोलीकाण्ड हुनुअघि लरेनको परिवारले रोल्यान्ड विरुद्ध मुद्दा दर्ता गर्ने तयारी समेत गरिरहेको थियो ।

उटाहका अधिकारीहरुले सन् २०१० देखि २०१८ सम्मको पृष्ठभूमि विश्लेषण गर्दा रोल्यान्डको व्यवहारमा कुनै परिवर्तन नआएको र महिलासँग नजिक हुन अनलाइनको प्रयोग निरन्तर गरिरहेको बताएका छन् ।

यसै वर्षको शुरुमा रोल्यान्डले आफू परिवर्तन भइसकेको बयान दिएका थिए । उनले जेलमा रहँदा बनाएको दौंतरी र एक बच्चाका पिताले आफूलाई सहानुभूति दिएको तथा नियम कानुनका बारेमा धेरै सिकेको बताएका थिए । “विगतको भन्दा अहिले मलाई धेरै फरक अनुभूति भएको छ,” रोल्यान्डले भनेका थिए । “म पहिले स्वार्थी, आत्मरतिक व्यक्ति थिएँ । मेरो कथा यत्ति हो ।”

दुई महिनापछि रोल्यान्डको वयानका आधारमा उनलाई केहीचाँडो जेलमुक्त गरियो । कम उमेरकी एक बालिकालाई अनलाइनमार्फत प्रलोभनमा पार्ने कोशिश गरेको तथा यौन शोषणको प्रयत्न गरेको आरोपमा दोषी ठहर गर्दै रोल्यान्डलाई सन् २००४ मा जेलमा हालिएको थियो ।

अनलाइन–आधारित यौन अपराधको अनुसन्धानका क्रममा प्रहरीले रोल्यान्डलाई पक्राउ गरेको थियो । उनको बारेमा छानबिन भइरहेको अवस्थामा एक महिलाले आफूमाथि पनि तिनै रोल्यान्डले यौन आक्रमण गरेको प्रहरी समक्ष वयान दिएकी थिइन् ।

रोल्यान्डलाई पुनः दोस्रो पटक जेलमा पठाइयो । उनीमाथि यसपटक अश्लिल सामग्री (पोर्नोग्राफी) राखेको र उपचार (थेरापी) पूरा नगरेको आरोप लगाइएको थियो ।

रोल्यान्ड वास्तवमा न्यूयोर्कमा जन्मिएका र एक वृद्ध जोडीले उनलाई धर्मपुत्र राखेका थिए, तर सानै उमेर छँदा ती वृद्ध दम्पतीको मृत्यु भएको थियो । त्यसपछि उनलाई सरकारी आवासमा पठाइयो र कोलोराडोको एक आवासीय स्कुलमा भर्ना गरियो । उनले त्यहाँबाट माध्यमिक तहको पढाइ पूरा गरेका थिए ।

उनले क्यालिफोर्नियाको बर्कलेस्थित बुद्धिस्ट इन्स्टिच्यूटमा पनि केही समय बिताए । जब्स कप्र्समा काम गरेका उनले साल्ट लेक कम्युनिटी कलेजमा कक्षा पनि लिए ।

फेब्रुअरीमा प्रहरी समक्ष दिएको वयानमा रोल्यान्डले आफू उटाह विश्वविद्यालयमा स्वास्थ्य विषयमा अध्ययनरत रहेको बताएका थिए । तर, उनी सन् २००३–२००४ मा दुई सेमेस्टर मात्र यस विश्वविद्यालयमा पढेका थिए ।
रोल्यान्डले आफू चिकित्सक बन्ने सोचमा रहेको बताएका थिए, तर आफ्नो जीवन “इन्टरनेटमा आधारित यौन गतिविधि” ले बर्बाद बनाएको उनले स्वीकारेका छन् ।

“कमजोर सोचाई” ले आफूलाई जेलमा पटकपटक लगेकामा उनी आफैंलाई दोष दिन्थे । उनको सम्भावित हिंसात्मक व्यवहारका बारेमा सरकारी अधिकारीहरु जानकार भएपनि सुध्रिने मौका दिइएको थियो ।

कैंयौं खुला सुनुवाईका क्रममा केही अधिकारीले रोल्यान्डको व्यवहारमाथि प्रश्न गरेका थिए । उनीहरुले रोल्यान्डले पूर्ण उपचार गर्न नसक्ने र समस्याबाट बाहिर उम्कने कठिन हुने बताएका थिए ।

सुनुवाइ गर्ने एक अधिकृत पेगीन स्टेवार्टले सन् २०१६ मा भएको यस्तै सुनुवाईमा पनि रोल्यान्डले स्त्रीमाथि गरिने व्यवहारमा कुनै फरक ल्याउन नसकेको बताइन् । रोल्यान्डले जेलका एक कर्मचारीको मद्दत लिएर इन्टरनेटको पहुँच हासिल गरेका थिए । उनको कुत्सित व्यवहारका कारण जेलभित्रै उपलब्ध कतिपय कार्यक्रममा उनलाई सहभागी गराइएको थिएन ।

एउटा घटनामा, रोल्यान्डले जेलबाट छुटेकी एक महिलालाई पत्र लेख्दै जेल बाहिरको सडकमा फरक किसिमका लुगा लगाएर देखापर्न आग्रह गरेका थिए, स्टेवार्टले भनिन् ।

हत्या गरिएकी म्याक–क्लस्कीको सम्झनामा विश्वविद्यालयका सयौं विद्यार्थीले पुष्पगुच्छा अर्पण गर्नुका साथै मैनवत्ती बालेका थिए । विश्वविद्यालयको झण्डालाई पनि आधा झुकाइएको थियो । एथ्लेटिक्स खेलाडी समेत रहेकी सञ्चार विषय अध्ययनरत म्याक–क्लस्कीको सम्झनामा ट्राक एन्ड फिल्ड खेलाडीलाई प्रोत्साहन गर्न छात्रवृत्ति स्थापना गर्न रकम सङ्कलन गरिएको छ ।

“उनी अत्यन्तै योग्य, इमान्दार थिइन्, हामीले वास्तवमै एक असल साथी गुमाएका छौं,” विडलले भन्नुभयो ।
उटाह फुटबल टिमले समेत यस साता म्याक–क्लस्कीको सम्झनामा हातमा कालोपट्टी बाँधेर खेल्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com