ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा वडाध्यक्ष र वडा सदस्यसहित अधिकांश पुरुषले गाउँ किन छाडे ? कारण यस्तो


एबीसी न्यूज

लहान, ७ कात्तिक । दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन् । पुरुष गाउँ/घर छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए् । दुर्गा पूजा समिति गठनको बिषयलाई लिएर गाउँमा दुई पक्षबीच भएको झडपपछि उनीहरूले प्रहरीमा एकअर्काविरुद्व जाहेरी दर्ता गराएकाले नियन्त्रणमा परिने त्रासका कारण वडाध्यक्ष र वडा सदस्यसहित अधिकांश पुरुषले गाउँ छाडेका हुन् ।

दुबै पक्ष गरी ४० जनाविरुद्व प्रहरीमा मुद्दा दर्ता भएको थियो । एक पक्षले वडाध्यक्ष बिन्देश्वर यादव, वडा सदस्य मुखालाल यादव, मावि कोदरकट्टीका शिक्षक चन्देश्वर यादव, आशाराम यादव, स्वास्थ्य चौकीका कार्यालय सहायक देवनारायण यादवसहित २२ लाई विपक्षी बनाएर अङ्गभङ्ग तथा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गराएको थियो ।

अर्को पक्षले उक्त गाउँपालिकाको अध्यक्ष पदमा तत्कालीन एमालेबाट उम्मेदवारी दिएका अशोक यादव, तत्कालीन माओवादीका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका इन्द्रे यादव, विजेन्द्र यादवसहित १८ लाई विपक्षी बनाउँदै सोही विषयमा मुद्दा दर्ता गराएको थियो ।

यसरी एकअर्का गरी ४० जना विरुद्ध मुद्दा दर्ता गराएपछि उनीहरू सहित आफ्नो पनि नाम जाहेरीमा भएको हुनसक्ने त्रासमा अन्य पुरुषले गाउँ छाडेको स्थानीयवासीले बताए । गाउँका अधिकांश पुरुषले गाउँ छाड्दा दशैँजस्तो पर्वमा पनि गाउँमा कुनै रोनक नदेखिएको उनीहरूको भनाइ थियो ।

एक पक्षले २२ जनाविरुद्व अङ्गभङ्ग तथा ज्यान मार्ने उद्योगअन्तर्गत र यी २२ जनाको समूहले १८ जनाविरुद्व ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गराएको कडरबोना इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । दुवै पक्षको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएकाले भारतीय बजार पसेका आरोपीलाई खोजबिन गरी ल्याउने प्रयास भइरहेको उहाँको भनाइ थियोे ।गाउँ छाडेका वडाध्यक्ष यादव गाउँपालिकाबाट पाएको सरकारी मोटरसाइकल लिएरै भारत पसेका छन् । उनी भारत पसेपछि सर्वसाधारणको कामकाज प्रभावित भएको छ ।

उक्त गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले दुवै पक्षलाई मिलाउने प्रयास भइरहेको बताउनुभयो । दुर्गा पूजा समितिको विषयलाई लिएर गत असोज २ गते दुई पक्षबीच झड्प हुँदा ४२ वर्षीय भोगेन्द्र यादव, ५५ वर्षीय रामबहादुर यादव, ३८ वर्षीय वैजनाथ यादव, ५० वर्षीय धर्मनाथ यादव, ३५ वर्षीय हिराइ यादव, ४२ वर्षीय इनरदेव यादव, ६५ वर्षीय अयोधी यादव, ४० वर्षीय जीवेन्द्र यादव र ४५ वर्षीय लक्ष्मण यादव घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com