ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौरजहारीमा बुधबारदेखि उडान शुरु


एबीसी न्यूज
कार्तिक ७, २०७५ बुधबार  ८ : ५१ बजे

रुकुम, ७ कात्तिक  । रुकुम पश्चिमको चौरजहारी बिमानस्थलमा पुनः उडान सेवा शुरु भएको छ । डेढवर्षदेखी उडान सेवा रोकिएको चौरजहारी विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान शुरु गरेको हो । हप्ताको दुईदिन बुधवार र बिहिवार उडान हुने गरी चौरजहारी बिमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताउनुभयो ।

उहाँका अनुसार बुधवार काठमाण्डौं–चौरजहारी–नेपालगञ्ज तथा बिहिवार नेपालगञ्ज–चौरजहारी–काठमाडौं उडान हुने बताईएको छ । उडान शुरु भएको आज पहिलो दिन चौरजहारीबाट एक बिरामी सहित आठजनाले नेपालगञ्ज सम्मको हवाई यात्रा गरेका छन् । झण्डै डेढबर्षपछि यहाँको हवाई सेवा सञ्चालनमा आउँदा स्थानीय र सर्वसाधारण खुशी भएका छन् ।

त्यस्तै रुकुम पश्चिम लगायत छिमेकी जिल्ला जाजरकोट, सल्याण र डोल्पाका नागरिकलाई पनि सहज हुने भएको छ । आजदेखी नेपाल बायुसेवा निगमको जहाजले पुनः उडान शुरु गरेसंगै यहाँको नयाँ भाडादर समेत कायम गरिएको छ । अबदेखी चौरजहारीबाट काठमाडौंका लागि आठहजार र नेपालगञ्जलाई तीनहजार भाडादर निर्धारण गरिएको स्टेशन प्रमुख नेपालीले जानकारी दिनुभयो ।

यसअघि नेपाल वायुसेवा निगमसंग प्रयाप्त जहाज र पाईलट नभएको भन्दै गतवर्षको जेठ अन्तिम साताबाट चौरजहारी बिमानस्थलको उडान बन्द गरिएको थियो । बन्द हवाई सेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसंग पहल चाल्दै आएका थिए । २०२८ सालबाट संचालमा आएको चौरजहारी विमानस्थलको थप स्तरोन्नतीका लागि पाँचवर्ष अघि धावनमार्गमा कालोपत्रे गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाले दावी गरेजस्तै देशभर कति सिट जित्न सक्छ ? विस्तृत तालिकामा

इरान–इजरायल–अमेरिका तनाव चरममा: मध्यपूर्वमा सुरक्षा, आर्थिक र मानवीय जोखिम

सम्बन्धित

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com