ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै पाएनन् चिया मजदूरले दशैँ खर्च


admin

भद्रपुर, ६ कात्तिक ।  नेपाल चिया विकास निगमको टोकला चिया बगानमा कार्यरत मजदूरहरुले दशैँ खर्च नपाएको बताएका छन् । मेची नगरमा रहेको सो बगानमा २६१ जना स्थायी र २०० जना ज्यालादारी मजदूर कार्यरत छन् । 


श्रम ऐन २०७४ मा चिया मजदूरहरुले एक महिनाको पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चबापत पाउने व्यवस्था भएपनि निगम व्यवस्थापनले नदिएको भन्दै मजदूरहरुले आज बगानमै पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन् ।

श्रम ऐनले चिया मजदूरका लागि न्यूनतम मासिक तलब रु १० हजार ७८१ र दैनिक ज्याला रु ३८५ निर्धारण गरिदिएको छ । मजदूरहरुले ऐनमा तोकिए बमोजिमको दशैँं खर्च माग्दा निगम व्यवस्थापनले कम्पनी घाटामा गएको भन्दै नदिएको नेपाल चिया मजदूर श्रमिक सङ्घका वरिष्ठ उपाध्यक्ष मिलन राईले बताउनुभयो ।

विसं २०७४ मा जारी भएको श्रम ऐनमा चिया मजदूरको चाडपर्व खर्चबारे प्रस्ट व्यवस्था भएकाले निगम व्यवस्थापनले कानूनको उल्लङ्घन गर्नुका साथै मजदूरमाथि अन्याय गरेको नेपाल कृषि तथा चिया बगान श्रमिक सङ्घ टोकला बगानका अध्यक्ष डम्बरबहादुर खत्री बताउनुहुन्छ ।

दुई पटक पत्र लेखेर माग्यौं, कयौँपटक मौखिक रुपमा भेटेर अनुरोध ग¥यौँ’, सङ्घका अध्यक्ष खत्री रासससँग भन्नुहुन्छ, “तर व्यवस्थापनले दिन मानेन, मजदूर साथीले यसपटकको दशैँ रोएर बिताउनुप¥यो ।”

ऐनमा तोकिएको पारिश्रमिक र दशैँ खर्च पाउनु पर्ने माग गर्दै टोकला चिया बगानका मजदूरले कात्तिक ११ गतेदेखि अनिश्चितकालीन हड्ताल गर्ने आजै घोषणा गरेका छन् ।

आजै निगम व्यवस्थापन समक्ष माग पत्र पेश गरेका मजदूरहरुको नेतृत्वदायी तीन वटा सङ्गठनले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई समेत माग पूरा गराइदिन ध्यानाकर्षण गर्ने भएको स्थानीय मजदूर अगुवा तिलक दर्जीले जानकारी दिनुभयो ।

मागपत्रमा अखिल नेपाल चिया मजदूर सङ्घ, नेपाल चिया बगान श्रमिक सङ्घ र नेपाल कृषि तथा चिया बगान श्रमिक सङ्घका अध्यक्ष क्रमशः द्वारिका लिम्बू, रेनुका फँुयाल र डम्बरबहादुर खत्रीको हस्ताक्षर रहेको छ ।

मजदूरहरुले दशैँ खर्च नपाएको सम्बन्धमा टोकला चिया बगानका सहायक मेनेजर अजित रायको ध्यानाकर्षण गराउँदा यस विषयमा आफूले केही पनि नबोल्ने बताउनुभयो । उहाँले ज्याला र दशैँ खर्चको विषयमा निगमको केन्द्रीय कार्यालयले मात्र भन्न सक्ने बताउनुभयो । नेपाल चिया विकास निगम २०५७ सालमा निजीकरण भए पश्चात त्रिवेणी ग्रुपले सञ्चालन गर्दैआएको छ ।

भद्रपुर भन्सारले पहिलो महिनामै उठायो रु दुई करोड ६६ लाख

तीन महिनाअघि छुट्टै भन्सार कार्यालयको मान्यता पाएको भद्रपुर भन्सारले असोज महिनामा रु दुई करोड ६६ लाख राजश्व सङ्कलन गरेको छ । सरकारले साउन १ गतेदेखि भद्रपुरको छोटी भन्सारलाई मेची भन्सार कार्यालय मातहतबाट स्तरोन्नति गर्दै छुट्टै भन्सार कार्यालयको मान्यता दिएको थियो ।

यस कार्यालयले असोज महिनामा रु दुई करोड ६६ लाख ५६ हजार १८१ राजश्व सङ्कलन गरी राजश्व विभागमा पठाएको भन्सार अधिकृत फणिन्द्र खतिवडाले जानकारी दिनुभयो ।

यसअघि कर्मचारी अभावमा सो कार्यालयले सङ्कलित राजश्व सिधँै विभागमा पठाउनुको साटो मेची भन्सार कार्यालयमा पठाउने गरेको थियो ।
भद्रपुर भन्सारले असोजमा सङ्कलन गरेको राजश्वको लगभग आधा–आधा हिस्सा पैठारी महसुल र मूल्य अभिवृद्धि करले ओगटेको छ ।

पैठारी महसुल रु एक करोड २८ लाख, ७४ हजार २३ र मूल्य अभिवृद्धि कर रु एक करोड २४ लाख २५ हजार १८८ सङ्कलन भएको छ । भन्सार सेवा दस्तुर, कृषि सुधार शुल्क, कृषिमा अग्रिम शुल्क र अन्तःशुल्कबापत अन्य राजश्व सङ्कलन भएको छ ।

सत्र जना कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा साउन र भदौ महिनामा कर्मचारी अभाव भएका कारण मेची भन्सार कार्यालयबाट काजमा आएका कर्मचारीले राजश्व सङ्कलन गरेका थिए ।

नयाँ भन्सार अधिकृतको रुपमा फणिन्द्र खतिवडा सोमबार मात्रै विराटनगर भन्सारबाट सरुवा भई भद्रपुर भन्सार कार्यालयको नेतृत्व सम्हाल्न आइपुग्नु भएको छ ।

अन्य कर्मचारी विभिन्न ठाउँबाट सरुवा भई कार्यालयमा हाजिर हुनुभएको र दरबन्दी बमोजिमका कर्मचारी आउने क्रम जारी रहेको भन्सार कार्यालयका प्रमुख खतिवडा बताउनुहुन्छ । कर्मचारी अभाव हुन नदिन मेची भन्सार कार्यालयबाट आएका चारजना कर्मचारी काजमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

बल्खु खोलामा नवजात शिशुको शव फेला

संघीयता स्थापनापछि जनताले विकास अनुभूति गर्न पाए : मुख्यमन्त्री कार्की

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ डा कोइराला

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता

एमालेको उद्देश्य आगामी चुनावमा बहुमत उपाध्यक्ष पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...