ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करदाता कार्यालय पाँचथरमै, सेवाग्राहीलाई सहज


admin
कार्तिक ६, २०७५ मंगलबार   ११ : ३९   बजे

पाँचथर । पाँचथर र ताप्लेजुङका उद्योगी तथा व्यवसायीहरु कर तिर्न झापाको सदरमुकाम भद्रपुरसम्म धाउनुपर्ने बाध्यता थियो । लामो दूरीको यात्राका कारण तिर्नुपर्ने राजस्वभन्दा १० गुणा बढी खर्च हुँदै आएको थियो । पा“चथर समरमुकाम फिदिममा करदाता सेवा कार्यालय सञ्चालनमा आएपछि सेवाग्राहीहरु उक्त सास्तीबाट मुक्त भएका छन् ।

पाँचथर र ताप्लेजुङका उद्योगी तथा व्यवसायीहरु राजस्य तिर्न वर्षौंदेखि झापाको सदरमुकाम चन्द्रगढी धाउदै आएका थिए । ताप्लेजुङ र पाँथरबाट भद्रपुरसम्म पुगेर पाँचसय रुपैयाँ राजस्व तिर्न तीन दिन लाग्ने र पाँच हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको सेवाग्राहीको गुनासो थियो ।
सेवाग्राहीको सहजताका लागि पाँचथरको सदरमुकाम फिदिममा गत भदौ २२ गतेदेखि करदाता सेवा कार्या संचालनमा आएको छ । कार्यालय संचालनमा आएपछि त्यस क्षेत्रका सेवाग्राहीले भोग्दै आएको सास्ती हटेको छ ।

यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले कर तिर्ने ठाउँ टाढा भएकाले पनि करको दायरामा आएका थिएनन् । दायरामा आएका केहीले पनि कष्टले मात्र कर तिर्दै आएका थिए । फिदिममै करदाता कार्यालय संचालनपछि करदाता बढ्ने राजस्व संकलनमा दोब्बर हुने करदाता सेवा कार्यालय पाँचथरका प्रमुख सरोजकुमार सिंहको भनाइ छ ।

सरकारले सबै जिल्लामा कर कार्यालय स्थापना नगर्दा सेवाग्राहीहरु मर्कामा पर्दै आएका छन् । बैंकबाट राजस्व तिर्न सकिने प्रावधान भए पनि रुजु गर्न कर कार्यालय नै पुग्नुपर्ने बाध्यता रहेकाले सेवाग्राही सास्ती नै छ । त्यसैले उद्योगी तथा व्यवसायीलाई करको दायरामा ल्याउन र कर तिर्ने सहज वातावरण बनाउन सरकारको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group