ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करदाता कार्यालय पाँचथरमै, सेवाग्राहीलाई सहज


admin

पाँचथर । पाँचथर र ताप्लेजुङका उद्योगी तथा व्यवसायीहरु कर तिर्न झापाको सदरमुकाम भद्रपुरसम्म धाउनुपर्ने बाध्यता थियो । लामो दूरीको यात्राका कारण तिर्नुपर्ने राजस्वभन्दा १० गुणा बढी खर्च हुँदै आएको थियो । पा“चथर समरमुकाम फिदिममा करदाता सेवा कार्यालय सञ्चालनमा आएपछि सेवाग्राहीहरु उक्त सास्तीबाट मुक्त भएका छन् ।

पाँचथर र ताप्लेजुङका उद्योगी तथा व्यवसायीहरु राजस्य तिर्न वर्षौंदेखि झापाको सदरमुकाम चन्द्रगढी धाउदै आएका थिए । ताप्लेजुङ र पाँथरबाट भद्रपुरसम्म पुगेर पाँचसय रुपैयाँ राजस्व तिर्न तीन दिन लाग्ने र पाँच हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको सेवाग्राहीको गुनासो थियो ।
सेवाग्राहीको सहजताका लागि पाँचथरको सदरमुकाम फिदिममा गत भदौ २२ गतेदेखि करदाता सेवा कार्या संचालनमा आएको छ । कार्यालय संचालनमा आएपछि त्यस क्षेत्रका सेवाग्राहीले भोग्दै आएको सास्ती हटेको छ ।

यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले कर तिर्ने ठाउँ टाढा भएकाले पनि करको दायरामा आएका थिएनन् । दायरामा आएका केहीले पनि कष्टले मात्र कर तिर्दै आएका थिए । फिदिममै करदाता कार्यालय संचालनपछि करदाता बढ्ने राजस्व संकलनमा दोब्बर हुने करदाता सेवा कार्यालय पाँचथरका प्रमुख सरोजकुमार सिंहको भनाइ छ ।

सरकारले सबै जिल्लामा कर कार्यालय स्थापना नगर्दा सेवाग्राहीहरु मर्कामा पर्दै आएका छन् । बैंकबाट राजस्व तिर्न सकिने प्रावधान भए पनि रुजु गर्न कर कार्यालय नै पुग्नुपर्ने बाध्यता रहेकाले सेवाग्राही सास्ती नै छ । त्यसैले उद्योगी तथा व्यवसायीलाई करको दायरामा ल्याउन र कर तिर्ने सहज वातावरण बनाउन सरकारको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com