ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी अस्पतालको प्रयोगात्मक कक्षाबाट दुई करोड ५५ लाख आम्दानी


admin

चितवन, ५ कात्तिक । बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार आम्दानी गरेको छ ।

अस्पतालमा जिल्लाका स्वास्थ्य विषय पढाउने प्राविधिक कलेज, मेडिकल कलेज र देशका विभिन्न भागबाट स्वास्थ्य विषय पढाउने प्राविधिक कलेजका विद्यार्थी प्रयोगात्मक कक्षाका लागि आउने गर्दछन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलका अनुसार यहाँका दुई निजी कलेजले सरकारी अस्पतालमा प्रयोगात्मक कक्षा गर्ने गरी नर्सिङ विषय पढाउने गरेका छन् ।

नर्सिङमा प्रविणता प्रमाणपत्र तह सञ्चालन गरेको आइओएमटीले गत वर्ष एकमुष्ट रु १९ लाख ९५ हजार र स्नातक तह सञ्चालन गरेको श्री मेडिकल एण्ड टेक्निकल कलेजले रु ५४ लाख ४५ हजार बुझाएका छन् । यस वर्ष उनीहरुले पाँच प्रतिशत थप रकम बुझाउने छन् । यसका अतिरिक्त ती कलेजका विद्यार्थी प्रयोगात्मक कक्षाका लागि पठाउँदा अन्य सरह शुल्क तिर्नुपर्ने हुन्छ ।

अस्पतालका अनुसार अनमिका विद्यार्थीले रु दुई हजार ५००, प्रविणता प्रमाणपत्र तहले रु चार हजार ५००, स्नातक तहका विद्यार्थीले रु छ हजार र स्नातकोत्तर विद्यार्थीले रु सात हजार मासिकरुपमा भुक्तानी गर्ने गर्छन् । गत वर्ष प्रयोगात्मक कक्षाको मात्र रु एक करोड ८१ लाख र दुई नर्सिङ कलेजले एकमुष्ट रकम बुझाएका थिए मेडिकल सुपरिटेन्डेन्ट पौडेलका अनुसार दैनिक एक हजार ५०० हाराहारी बिरामी उपचारका लागि अस्पताल आउने गर्दछन् । अस्पतालमा ६०० श्यया छ । जसको ८५ प्रतिशत हाराहारीमा विरामी भरिने गर्दछ ।

काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा बढी बच्चा जन्माउने अस्पताल भरतपुर अस्पताल हो । उक्त अस्पतालका प्रसूति रोग विशेषज्ञ डा श्री अधिकारीका अनुसार वार्षिक १५ हजार आमाले बच्चा यही अस्पतालमा जन्माउँछन् ।

अधिकारीले प्रसूति विभागमा बिरामीको चाप बढी हुने भएकाले देशका विभिन्न ठाउँका स्वास्थ्य शिक्षा पढ्ने विद्यार्थीको प्रयोगात्मक कक्षाका लागि भरतपुर अस्पताल उपयुक्त मानिएको बताउनुभयो । प्रयोगात्मक कक्षाबाट आम्दानी राम्रो हुँदा अस्पताल सञ्चालनमा टेवा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com