ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय विरुद्ध रुसले दियो यस्तो चेतावनीयुक्त प्रतिक्रिया


admin

 

 

एजेन्सी,५ कात्तिक । आणविक अस्त्रसम्बन्धी शीतयुद्धकालीन ऐतिहासिक सन्धिबाट अलग हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध रुसले चेतावनीयुक्त प्रतिक्रिया दिएको छ ।

शितयुद्धको समयमा तत्कालिन सोभियत संघसंग भएको ‘इन्टरमिडिएट रेन्ज न्यूक्लियर फोर्सेज’ (आईएनएफ) सन्धिबाट बाहिरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरे पछि रुसले चेतावनी युद्ध प्रतिक्रिया दिएको हो ।

सन् १९८७ को सन्धिले जमिनबाट ५ सयदेखि ५ हजार ५ सय किलोमिटरसम्म मार हान्न सक्ने मध्यम दूरीका क्षेप्यास्त्रको विकासमा प्रतिबन्ध लगाएको थियो । राष्ट्रपति ट्रम्पले नेभादा राज्यमा चुनावी ¥यालीपछि पत्रकारहरुलाई सम्बोधन गर्दै आफूलाई अनुमति नभएको अस्त्रको विकास गर्न अमेरिकाले रुसलाई नदिने बताएका थिए ।

तर, सम्झौताको उल्लंघन भए आणविक हतियार विकास सम्बन्धी सबै सन्धीहरु औचित्यहिन हुने र विश्व पुनः शितयुद्धको अवस्थामा पुग्ने रुसले बताएको हो । ट्रम्पको निर्णयले विश्वमा आणविक हतियारको होडवाजी सुरु हुने भन्दै रुसले आणविक युद्धको समेत चेतावनी दिएको छ ।

रुसी विदेश मन्त्रालयले अमेरिकी कदम आफू मात्र महाशक्ति रहने ‘एउटै ध्रुव हुने संसारको कल्पनाबाट अभिप्रेरित’ भएको प्रतिक्रिया दिएको छ । ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाले त्यसबारे वार्ता वा सम्झौताबाट अलग हुने निर्णय नगरेको समेत आरोप लगाएका थिए ।

रुसले एउटा क्रुज क्षेप्यास्त्रको परीक्षण गरेपछि सन् २०१४ मा तत्कालीन राष्ट्रपति ओबामाले मस्कोले आईएनएफको उल्लङ्घन गरेको आरोप लगाएका थिए । तर त्यतिबेला ओबामाले सन्धिबाट हुने निर्णय भने गरेका थिएनन् । आईएनएफ सन्धिको उल्लङ्घन गर्दै रुसले ’नोभाटोर नाइन एम सेभेन टुनाइन’ नामक मध्य मदूरीको एउटा नया“ क्षेप्यास्त्रको विकास गरेको अमेरिकी आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com