ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय विरुद्ध रुसले दियो यस्तो चेतावनीयुक्त प्रतिक्रिया


admin
कार्तिक ५, २०७५ सोमबार  ११ : ५० बजे

 

 

एजेन्सी,५ कात्तिक । आणविक अस्त्रसम्बन्धी शीतयुद्धकालीन ऐतिहासिक सन्धिबाट अलग हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध रुसले चेतावनीयुक्त प्रतिक्रिया दिएको छ ।

शितयुद्धको समयमा तत्कालिन सोभियत संघसंग भएको ‘इन्टरमिडिएट रेन्ज न्यूक्लियर फोर्सेज’ (आईएनएफ) सन्धिबाट बाहिरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरे पछि रुसले चेतावनी युद्ध प्रतिक्रिया दिएको हो ।

सन् १९८७ को सन्धिले जमिनबाट ५ सयदेखि ५ हजार ५ सय किलोमिटरसम्म मार हान्न सक्ने मध्यम दूरीका क्षेप्यास्त्रको विकासमा प्रतिबन्ध लगाएको थियो । राष्ट्रपति ट्रम्पले नेभादा राज्यमा चुनावी ¥यालीपछि पत्रकारहरुलाई सम्बोधन गर्दै आफूलाई अनुमति नभएको अस्त्रको विकास गर्न अमेरिकाले रुसलाई नदिने बताएका थिए ।

तर, सम्झौताको उल्लंघन भए आणविक हतियार विकास सम्बन्धी सबै सन्धीहरु औचित्यहिन हुने र विश्व पुनः शितयुद्धको अवस्थामा पुग्ने रुसले बताएको हो । ट्रम्पको निर्णयले विश्वमा आणविक हतियारको होडवाजी सुरु हुने भन्दै रुसले आणविक युद्धको समेत चेतावनी दिएको छ ।

रुसी विदेश मन्त्रालयले अमेरिकी कदम आफू मात्र महाशक्ति रहने ‘एउटै ध्रुव हुने संसारको कल्पनाबाट अभिप्रेरित’ भएको प्रतिक्रिया दिएको छ । ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाले त्यसबारे वार्ता वा सम्झौताबाट अलग हुने निर्णय नगरेको समेत आरोप लगाएका थिए ।

रुसले एउटा क्रुज क्षेप्यास्त्रको परीक्षण गरेपछि सन् २०१४ मा तत्कालीन राष्ट्रपति ओबामाले मस्कोले आईएनएफको उल्लङ्घन गरेको आरोप लगाएका थिए । तर त्यतिबेला ओबामाले सन्धिबाट हुने निर्णय भने गरेका थिएनन् । आईएनएफ सन्धिको उल्लङ्घन गर्दै रुसले ’नोभाटोर नाइन एम सेभेन टुनाइन’ नामक मध्य मदूरीको एउटा नया“ क्षेप्यास्त्रको विकास गरेको अमेरिकी आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

बुद्ध पूर्णिमाको अवसरमा म्यानमारमा १५ सयभन्दा बढी कैदीलाई आममाफी

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com