ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एउटै मात्र ध्रुव हुने संसारको कल्पनाबाट अभिप्रेरितः रुसी विदेश मन्त्रालय


admin

 

मस्को, ४ कात्तिक ।  रुससँग गरिएको ऐतिहासिक आणविक हतियारसम्बन्धी सन्धिबाट अलग हुने संयुक्तराज्य अमेरिकाको पहल विश्वमै एउटै मात्र ध्रुव हुने महाशक्ति हुने सपनाबाट अभिप्रेरित रहेको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

“यसको मुख्य उद्देश्य नै आफूमात्र महाशक्ति हुने एकल ध्रुवीय विश्व निर्माण गर्नु हो । के यो सम्भव छ ? छैन,” विदेश मन्त्रालयको एक स्रोतले रिया नोभोस्ती समाचार समितिलाई बतायो ।

ती अधिकारीले रसियाले आणविक सम्झौता रद्द गर्ने अमेरिकी नीतिको धेरैपटक खुलेरै बिरोध गरेको बताए ।

वासिङ्टनले विगतदेखि नै यो सम्झौताको उल्लङ्घन गरिरहेको थियो, नाम बताउन नचाहने ती अधिकारीले बताए । “यो निर्णय विगतमा अन्तर्राष्ट्रिय कानुनी सम्झौताबाट फिर्ता हुने अमेरिकी नीतिकै एक हिस्सा हो जसले दुवै मुलुकबीच आणविक अप्रसारमा समान जवाफदेहीता सुनिश्चित गरेको थियो ।”

रुसी सिनेटर अलेक्सी पुस्कोभले ट्वीट गर्दै ट्रम्पको पछिल्लो कदम विश्वमै रणनीतिक स्थायित्वको सम्पूर्ण प्रणालीका विरुद्धको दोस्रो घातक प्रहार रहेको बताउनुभयो । यसअघि पनि वासिङ्टन सन् २००१ मा एन्टी–ब्यालिस्टिक मिसाइल सन्धिबाट अलग भएको थियो ।

“फेरि पनि सम्झौता तोड्ने अगुवाइ संयुक्तराज्य अमेरिकाले नै गरेको छ,” पुस्कोभले लेख्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चुनावीसभा पछि पत्रकारहरुसँग कुरा गर्दै रुससँग गरिएको शीतयुद्धकालीन आणविक अस्त्रसम्बन्धी सन्धिबाट अमेरिका अलग हुने योजना बनाएको बताउनुभएको थियो । आलोचकहरुले विश्वकै महाशक्ति राष्ट्र हुने अमेरिकी चाहनाबाट अभिप्रेरित रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले तीन दशकअघिको मध्यमदूरीको आणविक अस्त्रसम्बन्धी सन्धि (आइएनएफ) को रुसले लामाे समयदेखि उल्लङ्घन गरेको दाबी गर्नुभयो । यो सन्धि अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र तत्कालीन सोभियत सङ्घका राष्ट्रपति मिखाइल गोर्भाचोभबीच सन् १९८७ मा भएको थियो ।

“रसियाले यो सन्धिको उल्लङ्घन गरेको छ । धेरै वर्षदेखि उनीहरुले यसको उल्लङ्घन गरिरहेका छन् । मलाई थाहा छैन पूर्व राष्ट्रपति बाराक ओबामाले यो सन्धिबारे किन वार्ता गरेनन् वा सम्झौताबाट अलग हुने निर्णय गरेनन् । हामी आणविक सम्झौता उल्लङ्घन भइरहन दिँदैनौं ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com