
अछाम,४ कात्तिक । बान्नीगढि जयगड गाँउपालिका वडा नम्बर ६ दर्ना माझेठानामा जिप दुर्घटना दुर्घटना हुदाँ ७ जना घाइते भएका छन ।
जिल्लाको मुजाबगरबाट जयगढ तर्फ आउदै गरेको से १च २०८६ बोलेरो जीप दर्ना माझेठानमामा दुर्घटनामा परेको हो । उकालो बाटोमा माथि चढ्न नसकी चिप्लिएर जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाको बयालपाटा अस्पतालमा उपचार भइरहेको जयगढ प्रहरी चौकिका ईन्चार्ज राजेन्द्र महताले बताउनु भएको छ ।







प्रतिक्रिया दिनुहोस्