ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 तीन दिनदेखी अस्पतालमा दुई शव अलपत्र , करेन्ट लागेर बालकको मृत्यु


admin

 

सप्तरी, ३ कात्तिक । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा विगत तीन दिनदेखी एक महिला र एक बृद्धको शव अलपत्र अवस्थामा रहेको छ ।

तीन दिन अघि सप्तकोशी नदी किनारमा अन्दाजी ५० वर्षिया एक महिला मृत अवस्थामा फेला परेको थियो । कोही आफन्त सनाखत गर्न नआएपछि दुबै शव अलपत्र परेको हो ।

प्रहरीले घटनास्थलमा मधेशी मूलकी देखिने महिलाको शवको सरजमिन मुचुल्का बनाएर पोष्टमार्टमका लागि अस्पताल पु¥याएका थिए ।त्यस्तै सोही दिन पूर्वपश्चिम राजमार्ग अन्तगत सप्तरीको कल्याणपुर सडक खण्डमा गम्भिर घाइते भएको अवस्थामा फेला परि उपचारको क्रममा मृत्यु भएका अन्दाजी ६० वर्षिय एक बृद्धको शव पनि पोष्टमार्टम कक्षमा वेवारिसे अवस्थामा छन् ।

तीन दिनदेखी कोही आफन्त नआए पनि उनलाई मानविय संवेदनशिलताका कारण अस्पतालका चिकित्सक र नर्सले निशुल्क उपचार गरेका थिए । शवले अस्पताल दुर्घन्धित हुन नदिन पोष्टमार्टम र आवश्यक कानुनी प्रक्रिया पुरा गरि अन्तिम संस्कार गराउने तयारी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसैबीच पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर शनिबार एक बालकको ज्यान गएको छ । आफ्नै फुलवारीमा पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर सप्तरीको राजगढ गाउँपालिका ३ कट्टी गाउँ बस्ने १४ वर्षिय बालक उमेश कुमार साहको ज्यान गएको हो ।

करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल पु¥याइएको थियो । तर, अस्पताल ल्याउनु पूर्व नै उनको मृत्यु भइसकेको डा. सुभाष चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com