काठमाडौं,२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मुलुक र जनताको हितमा अघि बढ्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले दशैंको टिका, जमरा र प्रसाद ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको ध्यान विकासमा समृद्धिमा केन्द्रीत हुने बताउनुभयो । उहाँले मुलुकको गरिबी, पछ्यौटेपन र अभावको नियूनिकरण गर्न सरकार लागेको स्पष्ट पार्नुभयो ।
अबका केही दिनमा मन्त्रीपरिषद्का सदस्य परिवर्तन हुदैछन नि भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले दशैंको दिन आफु राजनीतिक समिक्षा गर्ने पक्ष्ँमा नभएको भन्दै सरकार र पार्टी जनताको हितमा प्रतिवद्ध भएर लाग्ने तर्क गर्नुभयो ।
सरकार निर्माण भएको सात महिनामा केही मन्त्रालयले जनपक्षिय नतिजा दिन नसकेकै कारण प्रधानमन्त्री मन्त्रिपरिषद्को सदस्य हेरफेर गर्ने तयारीमा पुगेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्