काठमाडौं,३१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पाचखाल (९ )मा रहेको पलाञ्चोक भगवतीको दर्शन तथा पूजा गरेकी छन् ।
आज नवरात्रीको ८ औं दिन राष्ट्रपति भण्डारीले भगवतीको पूजा गरेकी हुन । उनी विहान ९ बजेर ३५ मिनेटमा पलाञ्चोक भगवती आइपुगेकी थिइन् ।
करिब १५ मिनेट उनले मन्दिरमा पूजा र भगवतीको दर्शन गरेर फर्किएकी छन् ।
राष्ट्रपति भण्डारीसँगै पर्यटन मन्त्री रविन्द्र अधिकारी पनि पलाञ्चोक भगवती आएका थिए ।
प्रतिक्रिया दिनुहोस्