ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हत्याको अभियोगमा भारतीय बाबालाई जन्मकैदको सजाय


admin

 

काठमाडौं,३१ असोज । चार वर्षअघि एकजना १८ महिने शिशु र चार महिलाहरूको हत्या गरेको अभियोगमा भारतीय बाबा र अन्य १४ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । हरियाणा राज्यस्थित एक अदालतले रामपाल नामका बाबालाई गत साता दोषी ठहर गर्दै जन्मकैैदको सजाय सुनाएको हो ।

उनीमाथि अर्को हत्या गरेको आरोप छ । रामपालका समर्थक र प्रहरीले झडप गर्दा पीडितहरूलाई कोठामा थुनिएको र उनीहरूलाई सास फेर्नै गाह्रो भएको अदालतले जनाएको छ ।

रामपालले आफ्ना लाखौं अनुयायीहरू भएको दाबी गदै आएका छन् । चार महिला र एक शिशुलाई आश्रमभित्रको एउटा बन्द कोठामा मृत अवस्थामा फेला परेको आरोपमाथिको सुनुवाई अदालतले गरेको थियो ।

रामपालमाथि पहिलोपटक सन् २००६ मा हत्यासम्बन्धी अभियोग लागेको थियो, जसमा उनको आश्रममा भएको एउटा झडपमा एकजनाको ज्यानसमेत गएको थियो । उनले आफूमाथिको अभियोग अस्वीकार गरे र पछि धरौटीमा रिहा भएका थिए ।

एकसातासम्म चलेको उक्त झडपका क्रममा थुप्रै मानिसहरू घाइते भएका थिए । विवादित बाबाका हतियार सहितका समर्थकहरूले मानिसहरूलाई बन्धक बनाएको र महिला र बालबालिकालाई मानव ढाल बनाएको प्रहरीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com