ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महायज्ञमा एवं धार्मिक महोत्सवमा ६४ लाख सङ्कलन


admin

 

दमौली, ३१ असोज । मन्दिरको वृहत्तर विकासका लागि रकम सङ्कलन गर्ने उद्धेश्यसहित आयोजना गरिएको धार्मिक महोत्सवमा लक्ष्यभन्दा दोब्बर दान सङ्कलन भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तीनखोले देवी मन्दिर परिसरमा असोज २४ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा रु ६४ लाख सङ्कलन भएको हो । धार्मिक महोत्सवमा रु २५ लाख सङ्कलन गर्ने लक्ष्य राखिएको थियो ।

महोत्सव मूल समारोह समितिका संयोजक एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीराम अधिकारीले सङ्कलित रकम मन्दिरको विकासमा खर्च गरिने बताउनुभयो । उहाँका अनुसार प्रचुर सम्भावना भएर पनि प्रचारप्रसार अभावमा मन्दिर ओझेलमा परेको भन्दै सङ्कलित रकम मन्दिरको प्रचारप्रसारमा लगानी गरिनेछ ।

महोत्सवका अवसरमा सामूहिक कालसर्पयोग शान्ति, चौरासी पूजा, सामूहिक तथा एकल ब्रतवन्ध, ग्रहशान्ति, तुलादान, लाखबत्ती बाल्ने कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

महोत्सवको समापन गर्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले सङ्कलित रकमको सही सदुपयोग हुनुपर्नेमा जोड दिँदै मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
शुक्लागण्डकी नगरपालिका–६ का अध्यक्ष कृष्णबहादुर पौडेलले मन्दिरको विकासका लागि नगरपालिकाले समेत योजना बनाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com