ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महायज्ञमा एवं धार्मिक महोत्सवमा ६४ लाख सङ्कलन


admin
आश्विन ३१, २०७५ बुधबार   ११ : २४   बजे

 

दमौली, ३१ असोज । मन्दिरको वृहत्तर विकासका लागि रकम सङ्कलन गर्ने उद्धेश्यसहित आयोजना गरिएको धार्मिक महोत्सवमा लक्ष्यभन्दा दोब्बर दान सङ्कलन भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तीनखोले देवी मन्दिर परिसरमा असोज २४ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा रु ६४ लाख सङ्कलन भएको हो । धार्मिक महोत्सवमा रु २५ लाख सङ्कलन गर्ने लक्ष्य राखिएको थियो ।

महोत्सव मूल समारोह समितिका संयोजक एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीराम अधिकारीले सङ्कलित रकम मन्दिरको विकासमा खर्च गरिने बताउनुभयो । उहाँका अनुसार प्रचुर सम्भावना भएर पनि प्रचारप्रसार अभावमा मन्दिर ओझेलमा परेको भन्दै सङ्कलित रकम मन्दिरको प्रचारप्रसारमा लगानी गरिनेछ ।

महोत्सवका अवसरमा सामूहिक कालसर्पयोग शान्ति, चौरासी पूजा, सामूहिक तथा एकल ब्रतवन्ध, ग्रहशान्ति, तुलादान, लाखबत्ती बाल्ने कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

महोत्सवको समापन गर्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले सङ्कलित रकमको सही सदुपयोग हुनुपर्नेमा जोड दिँदै मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
शुक्लागण्डकी नगरपालिका–६ का अध्यक्ष कृष्णबहादुर पौडेलले मन्दिरको विकासका लागि नगरपालिकाले समेत योजना बनाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group