काठमाडौं,२९ असोज । शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सोमबारबाट सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा राखिएको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।
नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले पनि अब श्रीपेच देख्न पाउने छन्। विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ ।
तत्कालीन राजाहरुले पहिरने श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्र छन् । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो ।
संग्राहलयको रुपमा राजदरबारसँग सम्बन्धीत धेरै वस्तुहरु आम जनताले अवलोकन गर्दै आएपनि श्रीपेच लगायतका केही वस्तुहरु भने अवलोकनको लागि नराखिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्