ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व बैंकले ग¥यो इन्डोनेसियालाई एक अर्ब डलर ऋण सहयोग


admin
आश्विन २८, २०७५ आईतबार  २ : ३९ बजे

एजेन्सी,२८ असोज । विश्व बैंकले प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति व्यहोरेको इन्डोनेसियाका लागि एक अर्ब अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने आइतबार घोषणा गरेको छ ।

हालैमात्र सुलावेसी द्वीपको पालु शहरमा भूकम्प र सुनामीबाट २ हजारभन्दा बढी मानिसको मृत्यु हुनुका साथै हजारौं व्यक्ति बेपत्ता भएका छन् ।

इन्डोनेसियाको बालीमा हाल अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकको संयुक्त वार्षिक बैठक चलिरहेको छ ।

बैंकले उपलब्ध गराउने ऋण पुनर्निर्माणका लागि प्रयोग गर्न सकिने छ । साथै उक्त रकमलाई पुनरुद्धारका कार्यहरु सञ्चालन गर्न तथा आगामी दिनमा प्राकृतिक विपदाबाट मानिसलाई सुरक्षित गर्ने उपायको खोजी गर्न र पूर्व तयारी गर्न खर्च गरिनेछ ।

पालुको भूकम्प र सुनामीबाट करिब ९० हजार विस्थापित भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार विस्थापितलाई स्थायी बसोबासको व्यवस्था गर्न कम्तीमा दुई वर्ष लाग्नेछ ।

दातृ निकायहरुले करिब २ लाख मानिसलाई सफा खानेपानी र औषधि उपचारको सख्त जरुरी भएको बताएका छन् । स्थानीयबासीका लागि सहयोग जुट्नेक्रम बढेपनि लक्षित समुदायसम्म पुग्न कठिनाइ भइरहेको छ ।

इन्डोनेसियाको लोम्बोकमा यसै वर्ष आएको भूकम्पले ५ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । भूकम्पीय जोखिमबाट उच्च खतरामा रहेको इन्डोनेसियामा सन् २००४ मा आएको ९.१ म्याग्नीच्यूडको भूकम्पका कारण इन्डोनेसियामा मात्र १ लाख ६० हजारको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिंदैछ– अध्यक्ष ओली

युवालाई तिरस्कार र अपमान गरिरहे फेरि पनि विद्रोह हुन सक्छः प्रधानमन्त्री कार्की

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com