ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व बैंकले ग¥यो इन्डोनेसियालाई एक अर्ब डलर ऋण सहयोग


admin

एजेन्सी,२८ असोज । विश्व बैंकले प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति व्यहोरेको इन्डोनेसियाका लागि एक अर्ब अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने आइतबार घोषणा गरेको छ ।

हालैमात्र सुलावेसी द्वीपको पालु शहरमा भूकम्प र सुनामीबाट २ हजारभन्दा बढी मानिसको मृत्यु हुनुका साथै हजारौं व्यक्ति बेपत्ता भएका छन् ।

इन्डोनेसियाको बालीमा हाल अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकको संयुक्त वार्षिक बैठक चलिरहेको छ ।

बैंकले उपलब्ध गराउने ऋण पुनर्निर्माणका लागि प्रयोग गर्न सकिने छ । साथै उक्त रकमलाई पुनरुद्धारका कार्यहरु सञ्चालन गर्न तथा आगामी दिनमा प्राकृतिक विपदाबाट मानिसलाई सुरक्षित गर्ने उपायको खोजी गर्न र पूर्व तयारी गर्न खर्च गरिनेछ ।

पालुको भूकम्प र सुनामीबाट करिब ९० हजार विस्थापित भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार विस्थापितलाई स्थायी बसोबासको व्यवस्था गर्न कम्तीमा दुई वर्ष लाग्नेछ ।

दातृ निकायहरुले करिब २ लाख मानिसलाई सफा खानेपानी र औषधि उपचारको सख्त जरुरी भएको बताएका छन् । स्थानीयबासीका लागि सहयोग जुट्नेक्रम बढेपनि लक्षित समुदायसम्म पुग्न कठिनाइ भइरहेको छ ।

इन्डोनेसियाको लोम्बोकमा यसै वर्ष आएको भूकम्पले ५ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । भूकम्पीय जोखिमबाट उच्च खतरामा रहेको इन्डोनेसियामा सन् २००४ मा आएको ९.१ म्याग्नीच्यूडको भूकम्पका कारण इन्डोनेसियामा मात्र १ लाख ६० हजारको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com