ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी विपक्षी नेता नाभाल्नी थुनामुक्त


admin

मस्को, २८ असोज । रसियाको राजधानी क्रेमलिनमा विरोध प्रदर्शन आयोजना गरेको भन्दै तीन साताअघि पक्राउ परेका रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नी आइतबार थुनामुक्त हुनुभएको छ ।

मस्कोको दक्षिणमा रहेको एक कारागारबाट आइतबार बिहानै मुक्त गरिएका ४२ वर्षीय नाभाल्नीले पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै विगत ५० दिनदेखि कारागारमा थुनिएको घटनाले के कुरा प्रमाणित गरेको छ भने राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ता पूर्णरुपमा पतनको स्थितिमा पुगेको बताउनुभयो ।

नाभाल्नीले मस्कोको गुप्तचर निकाय विदेशमा असफल भइसकेको तथा स्वदेशमै पनि रुसी अन्तरिक्ष यानको प्रक्षेपण असफल भएको दृष्टान्त दिनुभयो ।

“कसै कसैले गिरफ्तार गरेर हामीलाई तर्साउन वा रोक्न सकिन्छ भन्ने सोचेका होलान् त्यो कदापी सम्भव छैन,” आफूलाई सहयोग गर्नेहरुप्रति धन्यवाद दिँदै उहाँले भन्नुभयो ।

रसियाको सत्ताको विरोधमा प्रदर्शन गरेबापत सेप्टेम्बरमा नाभाल्नीलाई ३० दिन थुनामा राखिएको थियो । तर थुनामुक्त भएलगत्तै प्रहरीले उहाँलाई अर्को प्रदर्शनको अभियोगमा गिरफ्तार गरेको थियो । अवकाश उमेर वृद्धि गर्ने क्रेमलिनको योजनाको विरोधमा पछिल्लो प्रदर्शन आयोजना गरिएको थियो ।

रुसी राष्ट्रपतिका पछिल्ला कार्यक्रम र नीतिहरुप्रति आमजनतामा व्यापक असन्तुष्टी रहनुका साथै उहाँको लोकप्रियता समेत खस्किएको छ । गत महिना रुसमा सम्पन्न दुईवटा क्षेत्रीय चुनावमा समेत सत्तारुढ युनाइटेड रसिया पार्टी पराजित भएको थियो ।

रुसी अधिकारीहरुले नाभाल्नीमाथि फौजदारी मुद्दा लगाउन सक्ने उहाँका समर्थकहरुले आशङ्का गरेका छन् । यस्तो अवस्थामा नाभाल्नीमाथि लामो काराबास सजाय हुन सक्नेछ ।

एम्नेस्टी इन्टरनेसनलले नाभाल्नी अस्थाका बन्दी रहेको र उहाँले कुनै अपराध नगरेको जनाएको छ ।

नाभाल्नी सन् २०११ र २०१२ मा पुटिनको विरोधमा ठुल्ठूला विरोध प्रदर्शन आयोजना गरेर चर्चामा आउनुभएको हो । संसदीय चुनावमा धाँधली भएको आरोप नाभाल्नीको छ । साथै उहाँले रुसमा भ्रष्टाचार विरोधी अभियानलाई तीव्र बनाउनु भएको छ । यो अभियानमा युवाको सक्रिय र व्यापक समर्थन रहेको छ ।

पछिल्लो काराबाससँगै उहाँकी १७ वर्षीया छोरी डारियाले युट्युब कार्यक्रम “मेरो पिढींको आवाज” सञ्चालन गर्नु
भएको छ । मार्चमा भएको राष्ट्रपतीय निर्वाचनमा पुटिनका विरुद्धमा उठ्न नाभाल्नीलाई रोकिएको थियो ।

चौथो कार्यकालका लागि पुटिनको सपथग्रहण हुँदा विरोध प्रदर्शन आयोजना गरेको भन्दै नाभाल्नीलाई एक महिना थुनामा राखिएको थियो ।

अमेरिकाको येले विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका र छोटो समयमा प्रमुख विपक्षी नेताको रुपमा उदाएका नाभाल्नीमाथि सत्तापक्षले एकपछि अर्को आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, १९ चैत । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय

उपनिर्वाचनको तयारीका लागि कांग्रेसको बैठक बस्दै

काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । मन्त्रिपरिषदको पूर्णता, उपनिर्वाचन, समसमायिक राजनीतिक विषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रिय कार्यसम्पादन

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ, १९ चैत । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका

सम्बन्धित

नवजोत सिंह सिद्धु जेलबाट रिहा

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला, मृत्यु हुनेको संख्या आठ पुग्यो

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प पक्राउ पर्नसक्ने

चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच फोन वार्ता

कोभिडबाट असी लाखभन्दा बढी बालबालिका अनाथ

म्यानमारमा सैनिक सरकारले खारेज गरिदियो सुकीको पार्टी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...