ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री ओली


admin
आश्विन २७, २०७५ शनिबार  २ : ५० बजे

काठमाडौं,२७ असोज । प्रधानमन्त्री केपीशर्मा ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ ।

अनिल पौडेलले लेख्नु भएको पुस्तक इमानको इन्द्रेनीको आज प्रधानमन्त्री निवास बालुवटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकार,निजी क्षेत्र र सहकारी एक भएर देश विकासलाई अघि बढाउनु पर्ने बताउनुभएको छ । “हामीले आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसका लागि हामीले इजरायलबाट सिक्न सक्छौं । जहाँ दुई प्रतिशत जनसंख्याले देशलाई खान पु¥याएर अन्नको निर्यात पनिगर्ने गरेको छ ।”

सहकारी अभियन्तातथा नेकपाका नेता केशव बडालको जीवनमा आधारित उक्त पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले वडालको जीवन नै सहकारीमा होमिएको बताउनुभयो ।

“नेपालको सहकारी आन्दोलनमा बडालजीको योगदान अतुलनीय छ । पार्टीका हरेक बैठकमा उहाँले सहकारीका एजेण्डा अघि सार्ने र त्यसको महत्व पार्टीका सबै नेताहरुलाई समेत बुझाउने गर्नु भएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

मानिसलाई मरेपछि मात्रप्रशंसा गर्ने चलनको अन्त्य गर्दै जीवित छंदै प्रशंसा गरेर पुस्तक लेखेकोमा प्रधानमन्त्री ओलीेले लेखक पौडेललाई धन्यवाद दिनुभयो ।

“त्यस्ता मान्छेको जीवित छंदै प्रशंसा गरिन्छ जसले बाँकी जीवनमा पनि गलत गर्दैनन् भन्ने निश्चित हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “बडालजी त्यस्ताथोरै मध्येका एकजना पात्र हुनुहुन्छ । जसको जीवनकाल मै प्रशंशा भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प र इजरायलको दाबी– सर्वोच्च नेता खामेनेई मारिए, तेहरानको अस्वीकार !

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

सम्बन्धित

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com