ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हत्या, बलात्कार, अपराधका घटना सरकार एक्लैले नियन्त्रण गर्न सक्दैन : गृहमन्त्री थापा


admin
आश्विन २६, २०७५ शुक्रबार  ४ : ३१ बजे

 

काठमाडौं, २६ असोज । गृहमन्त्री रामबहादुर थापाले महिला, बालबालिकामाथि भईरहेको हत्या, बलात्कार, हिंसालगायतका जघन्य अपराधका घटना सरकार एक्लैले नियन्त्रण गर्न नसक्ने बताउनु भएको छ ।

गृहमन्त्री थापाले मुलुकमा बढ्दो महिला, बालबालिकामाथिको हत्या, बलात्कार, हिंसालगायतका अपराध नियन्त्रण गर्न जनता र सरकार दुवैको संयुक्त प्रयास अनिवार्य रहेको पनि स्पष्ट पार्नु भयो ।

शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको महिला हिंसासम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले महिला र बालबालिकामाथि हुने जघन्य अपराधका घटना घटाउन मदिरा सेवन मुख्य कारण रहेकोे स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्न सरकार लागि परेको पनि स्मरण गराउनु भयो ।

७० प्रतिशतभन्दा बढि महिला र बालबालिकामाथि हुने जघन्य अपराधको कारण मदिरा सेवन रहेको गृह मन्त्रालयको निष्कर्ष रहेको सुनाउँदै गृहमन्त्री थापाले त्यसलाई नियन्त्रण गर्न सरकार र जनता दुवैले सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि दोहो¥याउनु भयो ।

गृहमन्त्री थापाले मुलुकलाई बिखण्डन गर्न खोज्ने तत्वलाई सरकारले कडा निगरानीमा राखेको दावी पनि गर्नु भयो । उहाँले अझै पनि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वले द्वन्द्व निम्त्याउन खोजिरहेको उल्लेख गर्दै त्यसलाई निष्तेज पारेर जनतालाई सुःखी बनाउने गरी सरकारले समृद्धिको अभियानलाई अघि बढाएको पनि बताउनु भयो ।

गृहमन्त्री थापाले समृद्धिको बाधकको रुपमा रहेका सबै खालका तत्वलाई परास्त गर्दै अघि बढने दृढता पनि व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com