ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आबेइ शान्ति मिसनको म्याद छ महिना थप


admin
आश्विन २६, २०७५ शुक्रबार  १२ : १३ बजे

एजेन्सी , २६ असोज ।  संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले बिहीबार सुडान र दक्षिण सुडानबीचको विवादित आबेइ क्षेत्रमा तैनाथ राष्ट्रसङ्घीय शान्ति सैनिकको म्याद अन्तिम पटक छ महिनाका लागि थप गरेको छ । परिषदले दुई देशबीचको सीमा विवाद छ महिनाभित्र टुङ्ग्याउने गरी अन्तिम पटक उक्त म्याद थप गरेको हो ।

सुरक्षा परिषदले गरेको उक्त सर्वसम्मत निर्णयमा विवादित क्षेत्रका सम्बन्धमा दुवै मुलुकले छ महिनाभित्र सहमति निर्माण गर्नुपर्ने बताउँदै राष्ट्रसङ्घीय शान्ति सेनाको म्याद अन्तिम पटक छ महिनाका लागि मात्र थप गर्ने निर्णय गरिएको उल्लेख छ ।

यसअघि पनि राष्ट्रसङ्घले सुडान र दक्षिण सुडानबीचको सीमा विवाद सुल्झाउन दुवै देशलाई पटकपटक चेतावनी दिइआएको छ । सन् २०११ मा सुडानबाट दक्षिण सुडान नामको स्वतन्त्र राष्ट्र निर्माण भएसँगै करिब १० हजार ५०० वर्ग किलोमिटर क्षेत्र ओगटेको आबेइका सम्बन्धमा विवाद चलिरहेको छ ।

यो क्षेत्रमा बसोबास गर्ने अरब मिसेरिया र एन्गोक डिन्का समुदायबीच जातीय तनाव हुने गरेको छ ।

सुडान र दक्षिण सुडानले आबेइमा एक किसिमको प्रशासकीय संरचना निर्माण गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे पनि वर्षौंदेखि खासै प्रगति हुन सकेको छैन । आबेइमा राष्ट्रसङ्घ मातहत अन्तरिम सुरक्षा बल तैनाथ गरिएको छ ।

सन् २०१५ नोभेम्बर महिनामा आबेइमा भएको आक्रमणमा चार वर्षकी बालिका र राष्ट्रसङ्घका एक शान्ति सैनिकको मृत्यु भएको थियो । यहाँ तैनाथ हजारौं शान्ति सैनिक इथिओपियाका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

बुद्ध पूर्णिमाको अवसरमा म्यानमारमा १५ सयभन्दा बढी कैदीलाई आममाफी

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com