ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समयमै सचेत हुन सके दृष्टिविहीन हुनबाट बच्न सकिन्छ : निर्देशक प्रा.डा. शर्मा


admin

काठमाडौं, २५ असोज । आँखा सेवा सबैका लागि’ भन्ने मूल नाराका साथ विश्व दृष्टि दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । स्वाथ्य मन्त्रालय, नेपाल नेत्रज्योति सङ्घ, नेपाल आँखा अस्तपताल लगायत विभिन्न स्वास्थ्य संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाईएको हो ।

विभिन्न आँखा अस्पतालहरुले आज निःशुल्क उपचार सहित मोतिविन्दुको निःशुल्क शल्यक्रिया सहित अन्य सेवा निःशुल्क सेवा समते प्रदान गरेको छ ।
त्यस्तै विपि कोइराला लायन्स सेन्टर महाराजगन्जका कार्यकारी निर्देशक तथा आँखा रोग विशेषज्ञ प्रा.डा. आनन्द कुमार शर्माले आँखा मानव शरीरको संवेदनशील अङ्ग भएकाले आँखाको सुरक्षा गर्न सके दृष्टिविहीन हुनबाट बच्न सकिने बताउनु भएको छ ।

विशेष गरि कुपोषण, भिटामिनको कमी, वंशााणुगत र जथाभावी औषधिको प्रयोगका कारणले आँखाको ज्योति गुम्ने गरेको उहाँको भनाई छ । विश्व आँखा दिवसको अवसरमा अस्पतालले निकालेको र्यालीलाई सम्बोधन गर्दै निर्देशक डा. शर्माले पाँच कारणबाट अन्धोपना हुने गर्दछ । मोतिविन्दु, जलविन्दु, आँखामा लाग्ने चोटपटक, मधुमेह, भिटामिन ‘ए’को अभावका कारण अन्धोपन हुने गरेको बताउनु भयो ।

नेपालमा ट्रकोमाका कारण पनि अन्धोपना हुने भए पनि हाल त्यो कन्ट्रोलमा आईसकेको उहाँले बताउनुभयो । विशेष गरि स्कुल–कलेजमा विद्यार्थी भर्ना गर्नुभन्दा अगाडी र ४० वर्ष नाघेका सबैले समयमा आँखा परीक्षण गरेर बेलैमा शल्यक्रिया गरेमा मोतिविन्दुबाट पनि बच्न सकिने उहाँ बताउनु हुन्छ ।

नेपालमा हरेक वर्ष दुई लाख जना भन्दा बढि आँखाका बिरामीकोे मोतिविन्दुको शल्यक्रिया हुन्छ । आँखा विशषज्ञको कमिले समयमै उपचार तथा शल्यक्रिया गर्न नसकेको उहाँ बताउनु हुन्छ ।

अन्धोपनाको अर्काे कारण वंशाणुगत रोग जलविन्दु हो । जलविन्दु लागिसकेपछि पुनः दृष्टि फर्काउन कठिन हुन्छ । समयमै रोग पत्ता लागेमा रोगथाम गर्न सकिन्छ, उहाँ भन्नुहुन्छ, “ अन्धोपनाको अर्काे कारण चोटपटक हो । आँखामा चोटपटक लागेमा अल्सर भएर फुलो पर्ने गर्दछ । यस्तो अवस्थामा हेलचेक्र्याईं नगरी तत्काल चिकित्सकको सल्लाहमा उपचार थालेमा आँखा बचाउन सकिन्छ ।

” नेपालमा आफूखुशी औषधि प्रयोग गरेर धेरै दृष्टिविहीन भएको उहाँको दावी छ ।
मधुमेहका बिरामीले समय समयमा आँखाको परीक्षण गरेमा आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ । बालबालिका जन्मदैमा अन्धोपना भएको हुन सक्छ । त्यस्ता बालबालिका पढाइमा पनि कमजोर हुने गर्दछन् । कक्षाकोठाको पाटीमा लेखेको नदेख्ने समस्या हुन सक्छ ।

समयमै परीक्षण गरेर उपचार थालेमा बालबालिकालाई अन्धो हुनबाट जोगाउन सकिने डा. शर्मा भन्नुहुन्छ, “बालबालिकालाई विद्यालय पठाउनुपूर्व आँखाको परीक्षण गर्न सकेमा दृष्टिविहीन हुनबाट बचाउन सकिन्छ ।”

नेपाल विश्व स्वाथ्य संगठनको मापडण्ड अनुसार आँखा उपचारमा गुणस्तरीय सेवा दिन दक्षिण एशियामा नै सफल भएको बताउनु हुँदै भारत लगायत अन्य देशबाट पनि आँखाको उपचार तथा शल्यक्रियाका लागि नेपाल आउने गरेको उहाँको दावी छ ।

संघिय व्यवस्थापन गर्दै सबै प्राथमिक उपचार केन्द्रहरुमा आँखा विशषज्ञको पद सिर्जना गरि व्यवस्था गर्न राज्यलाई सुझाउनु हन्छ उहाँ । यसो गर्न सकेमा आँखा रोगिले समयमै उपचार पाउने आँखाको रोगीको कमी गर्न सकिने उहाले बताउनु भयो ।

सो अवसरमा विपि कोइराला लायन्स सेन्टर महाराजगञ्जले ‘आँखा सेवा सबैका लागि’ नारा लेखिएको ब्यानर र प्लेकार्ड साथ र्याली निकालीएको थियो । र्याली महाराजगञ्ज अस्पतालदेखि नाराण्यण गोपालचोक हुँदै अस्पताल आई सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मुलुकलाई काँग्रेस र कम्युनिष्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई काँग्रेस र कम्युनिष्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा

भरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर)

काठमाडौं, २८ साउन । संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको

कांग्रेसको निर्वाचन केन्द्रित अभियान सर्‍यो

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सरेको छ । भदौ २ गतेदेखि २४ गतेसम्मका लागि तय भएको अभियान ८ दिन छोट्याएर

सम्बन्धित

भरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर)

संघ र प्रदेशसभा निर्वाचनको पत्र दिने जिम्मा देउवालाई

गोसाइँकुण्डबाट फर्कनेक्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार

मुग्लिन नजिकै त्रिशूलीमा ट्रक खस्यो

गडरीया दम्पतीको हत्यामा अर्का युवापनि सामेल भएको खुलास

मौसम पूर्वानुमान तथा मौसमजन्य प्राकृतिक प्रकोपको जोखिम कम गर्न ‘डिएचएम’ र ‘एफएमआई’ थप सहकार्य गर्न सहमत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...