ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया छनोट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटको फराकिलो अन्तरले जित्यो , अब शुक्रबार सिंगापुरसँग खेल्ने


एबीसी न्यूज
आश्विन २४, २०७५ बुधबार  ९ : ३६ बजे

 


काठमाडौं, २४ असोज । सन् २०२० मा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।

चीनले दिएको २७ रनको लक्ष्य नेपालले १।५ ओभरमा विनाविकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि ८ बलमा नटआउट २४ रन जोडे। उनले ३ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर प्रदीप ऐरी ३ बल खेलेर ४ रनमा नटआउट रहे।

त्यसअघि बुधबार मलेसियाको बायुमास ओभलमा टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको चीन १३ ओभरमा २६ रनमा अलआउट भयो। चीनका लागि ओपनर जियाङ हाङले सबैभन्दा बढी ११ रन जोडे। उनले २७ बलमा १ चौका प्रहार गरे। अन्य १० ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले ३(३ विकेट लिए। सन्दीपले ४ ओभरमा १ मेडन राखेर ४ रन खर्चिए भने समान ओभर बलिङ गरेका बसन्तले पनि १ मेडन फ्याँक्दा ५ रन दिए। राजवंशीले ३ ओभरमा १ मेडन राख्दा १२ रन खर्चिए।

मंगलबार भुटानमाथि १ सय १७ रनको जित निकालेको नेपाल पहिलो चरणको २ खेल बाँकी रहदै दोस्रो चरणमा पुगेको थियो। नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेट, दोस्रो खेलमा आयोजक मलेसियालाई पनि ८ विकेट र तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० रनले पराजित गरेको थियो।

नेपालले अब शुक्रबार सिंगापुरसँग खेल्नेछ। नेपालका लागि सिंगापुरविरुद्धको खेल उपाधि भिडन्त जस्तै हुनेछ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ। नेपाल र सिंगापुरले दोस्रो चरणमा स्थान पक्का गर्दा अब बाँकी एक स्थानका लागि मलेसिया र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। मलेसिया र थाइल्यान्ड दुवैले ५–५ खेल खेलेर ५–५ अंक नै जोडेका छन्। मलेसियाले चीनसँग र थाइल्यान्डले म्यानमारसँग खेल्न बाँकी छ। कमजोर प्रदर्शन गरेका चीन, भुटान र म्यानमार भने पहिलो चरणबाटै बाहिरिसकेका छन्।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट भएका नेपाल, सिंगापुर र १ टिम ९थाइल्यान्ड वा मलेसिया० बीच प्रतिस्पर्धा हुनेछ। ६ टिम बीचको दोस्रो चरणको प्रतिस्पर्धाबाट २ टिम अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुने र तीमध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com