ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजीनामा दिन अघि मानन्धरको राष्ट्रियसभा सदस्य र मन्त्री बनाउनुपर्ने सर्त


एबीसी न्यूज
आश्विन २३, २०७५ मंगलबार  ५ : ०५ बजे

काठमाडौं, २३ असोज । नेकपाका सांसद रामवीर मानन्धरले आफूले प्रतिनिधिसभा सदस्यबाट पार्टीलाई राजीनामा बुझाइसकेको बताएका छन्।
भोलि पार्टीको सचिवालय बैठक बस्दैछ उक्त बैठकले राजीनामा बारे अन्तिम निर्णय लिने भएको हो ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा उनी काठमाडौं ७ बाट विजयी भएका थिए। उनले कांग्रेस र राप्रपाका साझा उम्मेदवार विक्रम थापालाई ८ हजारभन्दा बढी मतले पराजित गरेका थिए।

पार्टीकै सचिवालय सदस्य वामदेव गौतमले प्रतिनिधिसभा सदस्य बन्ने प्रयास गरेपछि मानन्धरले राजीनामा दिन थालेका हुन्। गौतमले केही महिनायता आफूलाई सांसद बनाउन सचिवालय बैठकमा निरन्तर छलफल गराइरहेका छन्। पार्टीभित्रको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र उनी पक्षका नेताहरुले भने असहमति राखिरहेका थिए।

गौतमले विभिन्न जिल्लाका सांसदहरुलाई फिर्ता बोलाउन पहल गरिरहेका पनि थिए। तर उनलाई ती सहयोगी भएनन्। अन्तिममा, मानन्धरलाई फिर्ता बोलाएर गौतम भित्र्याउन अर्का अध्यक्ष प्रचण्ड पनि सक्रिय भएपछि नयाँ परिस्थिति सिर्जना भएको हो। प्रचण्डले सोमबारको सचिवालय बैठकमा मानन्धरको लिखित सहमतिपत्र पढेर सुनाएका थिए। उनले गौतमलाई सांसद बनाउने प्रस्ताव पनि राखेका थिए।
राजीनामा दिन सहमति जनाउनुअघि मानन्धरले राष्ट्रियसभा सदस्य र मन्त्री बनाउनुपर्ने सर्त राखेको एक स्रोतले जानकारी दिएको छ ।

मानन्धरले आजै बेलुका ४ बजे पत्रकार सम्मेलन गरेर यस विषयमा औपचारिक धारणा सार्वजनिक गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com