ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपराष्ट्रपति  पुन र पोल्याण्डका राजदूत बुराखोस्कीबीच भेटवार्ता


admin


काठमाडौं, २२ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन.‘पासाङसँग नेपालका लागि पोल्याण्डका गैरआवासीय राजदूत आदम बुराखोस्कीले शिष्टाचार भेट गर्नु भएको छ । आज (सोमबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुर भवन कान्तिपथमा उपराष्ट्रपतिसँग पोल्याण्डका गैरआवासीय राजदूतले शिष्टाचार भेट गर्नु भएको हो ।

भेटमा उपराष्ट्रपतिले पोल्याण्ड नेपालको असल मित्र राष्ट्र भएको बताउनुभयो । उहाँले नेपाल र पोल्याण्डको सम्बन्धलाई जनस्तरसम्म विस्तार र प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

‘पोल्याण्ड नेपालको असल मित्र राष्ट्र हो । नेपालले पोलिस सरकार र पोलिस जनतालाई महत्वपूर्ण सहयोगीको रुपमा लिंदै आएको छ’, भेटमा उपराष्ट्रपतिले भन्नुभयो, ‘दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ र जनस्तरसम्म विस्तार गर्नुपर्दछ ।’
उपराष्ट्रपतिले पोलिस जनता पर्वतारोहणमा धेरै रुची राख्ने आफूले थाहा पाएको उल्लेख गर्नुहुँदै पर्वतारोहणका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको बताउनुभयो । ‘मैले सुनेको छु की, पोलिस जनता पर्वतारोहणमा धेरै रुची राख्छन्, नेपाल त्यसका लागि आकर्षक गन्तव्य हो,’ उहाँले भन्नुभयो, ‘पर्वतारोहणका लागि नेपाल आउँदा पोलिस जनताको रुची पूरा हुनेछ, नेपालको पर्यटन उद्योगमा सघाउ पनि पुग्ने छ । यसबाट

दुई देशका जनता जनताबीचको सम्बन्ध पनि गहिरो हुन्छ ।’ उपराष्ट्रपतिले भेटमा भूकम्पको बेला गरेको सहयोग, नेपाली विद्यार्थीहरुलाई दिईरहेको छात्रवृत्तिका लागि पोल्याण्डलाई धन्यवाद दिनुभयो । उहाँले पोल्याण्डको श्रम बजारमा नेपाली कामदारहरु विभिन्न माध्यमबाट पुग्ने गरेको बताउनु हुँदै सरकारी प्रयासबाटै नेपाली श्रमशक्ति पोल्याण्ड लैजादा राम्रो हुने बताउनुभयो ।

उहाँले २०१८ को डिसेम्बरमा पोल्याण्डमा हुन लागेको वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सफलताको लागि शुभकामना दिनुभयो । उपराष्ट्रपतिले पोल्याण्डको १०० औं स्वतन्त्रता दिवसको अवसरमा पोल्याण्ड सरकार, पोलिस जनतालाई बधाई दिनुभयो ।

उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि पोल्याण्डका गैरआवासी राजदूत आदम बुराखोस्कीले पोल्याण्ड र नेपालको सम्बन्ध समुमधुर रहेको बताउनुभयो । उहाँले विभिन्न माध्यामबाट दुई देशको सम्बन्ध दिन प्रतिदिन प्रगाढ बन्दै आईरहेको बताउनुभयो ।

भेटमा राजदूतले पर्वतारोहणका लागि पोल्याण्डका धेरै पर्यटक नेपाल आउने गरेको बताउनुभयो । ‘पोल्याण्डका जनता पर्वतारोहणमा रुची राख्छन्, धेरै पोलिस पर्यटक नेपाल आउने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘मेरो विश्वास छ, आगामी दिनमा अझै धेरै पोलिस पर्यटक नेपाल आउने छन् ।’

राजदूतले पोल्याण्डको अर्थन्त्र निकै माथि गईरहेको बताउनुभयो । उहाँले पोलिस कम्पनीमा नेपाली कामदारहरु पनि रहेको बताउनुभयो । ‘पोलिस कम्पनीमा नेपाली कामदारहरु छन्, पोलिस रोजगारदाताहरु नेपाली कामदार धेरै मन पराउछन्,’ उहाँले भन्नुभयो, ‘दुई देशबीचको पारस्परिक सहमतिका आधारमा नेपाली कामदार पोल्याण्ड लान सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com