ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशको राजनीति विकासमा अवतरण : प्रम ओली


ABC NEWS
आश्विन २१, २०७५ आईतबार  ९ : ०६ बजे


काठमाडौं २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र द्धन्द्ध र सङ्क्रमणकालबाट देश विकास र राजनीतिक स्थिरताको बाटोमा अवतरण भएको बताउनु भएको छ । एबीसी न्युज टेलिभिजनका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलद्धारा लिखित अवतरण नामक पुस्तकको विमोचन समारोहमा बोल्दै ओलीले सही समय पुस्तक लेखिएको भन्दै लेखकको प्रशंशा गर्नुभयो ।
पुस्तकको प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा लोकापर्णण गर्नुभएको थियो । पुस्तक विमोचन समरोहमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले लेखकले सशस्त्र संघर्ष र संक्रमणकालको सटिक विश्लेषण गरेको बताउनु भयो । प्रचण्डले आफूले युद्ध सुरु गर्ने बेलादेखि नै शान्तिपूर्ण राजनीतिक बाटोमा जाने उद्धेश्य राखेको विषयलाई लेखक कंडले सबैभन्दा सुन्दर ढंगले विश्लेषण गरेको भन्दै प्रशंशा गर्नुभयो ।

कार्यक्रमममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालले पुस्तकले नेपालको कम्युनिस्ट आन्दोलनको चिरफार गर्दै शान्ति प्रक्रियालाई समेत सही तरिकाले समेटको धारणा व्यक्त गर्नुभयो ।
अवतरण पुस्तकको समीक्षा गर्दै पूर्व मन्त्री तथा कूटनीतिज्ञ रमेशनाथ पाण्डेले पुस्तक तथ्य र सत्यमात्र रहेको दावी गर्दै अवतरण पुस्तकले नेपाली राजनीतिक इतिहासको नयां ढंगले व्याख्या गरेको बताउनुभयो ।

पुस्तककको टिप्पणी गर्दै प्रा. कृष्ण खनालले प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा आफूले अवतरण पुस्तकबाट धेरै कुरा बुझ्न पाएको बताउनुभयो ।

पुस्तकमा १६ अध्यायमा नेपालको कम्युनिस्ट आन्दोलनको संक्षिप्त विश्लेषण सहित एमाले माअ‍ेवादी एकताको भित्री पाटो केलाएको छ । पुस्तकमा प्रम ओली र प्रचण्डको पासपोर्ट कपी राखेर उनीहरुको वास्तविक नाम के हो भन्ने भ्रम निवारणगरिएको छ । त्यसो त एमाले माओवादी एकताका सन्दर्भमा अप्रकाशित ०७५ जेठ २ गते भएको ५ बुंदे सम्झौता पत्र समेत पुस्तकमा राखिएको छ । पुस्तकमा तत्कालीन एमाले महासचिव माधव नेपालले प्रचण्डहरुसंग भारतका विभिन्न सहरमा गएर भेटेका बेलामा संस्मरण र डायरी समेत समेटिएको छ ।
पुस्तक ६४८ पृष्ठको छ भने मूल्य मोटो गाताको १२५० रहेको छ । पुस्तकको प्रमुख वितरक पैरवी प्रकाशन एम हाउस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com