ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकैपटक १७ सय नेपाली चेलीले किन लिए तालिम, कारण यस्तो


एबीसी न्यूज

काठमाडौं, २१ असोज । बलात्कार लगाएत महिलामाथि हुने अन्य हिंसा बढ्दै गएपछि सुुदुरपश्चिम प्रदेशको धनगढी रंगशालामा करिव १७ सय महिलाहरुले एकैसाथ आत्मरक्षा तालिम लिइरहेका छन् । निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने पत्ता नलाग्नु र त्यसपछि पनि बलात्कारका घटना बढ्दै गएपछि समाजमा उत्पन्न त्रासका कारण किशोरी, युवती र महिलाहरुमा आत्मरक्षा तालिम लिने अभुतपुर्व उत्साह देखिएको छ ।

आयोजकले तालिममा १ हजारलाई सहभागी गराउने लक्ष्य लिएका भए पनि आत्मरक्षा शिविरमा १७ सय महिला सहभागि भएका छन् । तालिम लिनेमा विभिन्न बिद्यालयका कक्षा ७ देखि कक्षा १२ सम्मका किशोरी, क्याम्पसका छात्राहरु, संस्थामा आबद्ध महिला लगायत रहेका छन् ।

आत्मरक्षा तालिम लिनेमा १४ देखि २० वर्ष सम्मका किशोरीको संख्या बढी रहेको छ। यस प्रदेशमा बलात्कार लगायतका महिला हिंसाको बिरुद्धमा आत्मरक्षा तालिम दिइएको छ ।

मुलुकमा दिनप्रति दिन बढ्दै गएको बलात्कार तथा महिला हिंसाको घटनालाई लक्षित गरी एक हप्ते आत्मरक्षा सम्बन्धी शिविर संचालन गरेको राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका महासचिव प्रकाश चन्दले बताए । निर्मलाको हत्या पछि पनि बढ्दै गएका बलात्कारका घटनाले समाजमा कति त्रास उत्पन्न उत्पन्न भएको छ भन्ने कुरा यो उत्साहपुर्ण सहभागिताले देखाएको महिला अधिकारकर्मी बिनु चौधरीले बताइन् ।

बलात्कार लगायतका महिलामाथि हुने हिंसा आत्मरक्षा गर्ने साहस र क्षमता मिलोस भनेर तालिममा सहभागी भएको महिलाहरुले बताएका छन्। उनीहरु यो तालिम सिकेपछि आफु बिरुद्ध हुने हिंसाका बिरुद्ध जुध्ने र आत्मरक्षा गर्ने क्षमता विकास हुने विश्वास लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com