ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर वार्षिक रूपमा १ करोड ७ लाख मानिसलाई स्तन क्यान्सर


एबीसी न्यूज
आश्विन २०, २०७५ शनिबार  ५ : ३३ बजे

काठमाडौं,२० असोज । विश्वभर वार्षिक रूपमा १ करोड ७ लाख मानिसलाई स्तन क्यान्सर हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा स्तन क्यान्सरका बारेमा औपचारिक तथ्यांक नभए पनि क्यान्सरबाट मर्ने कुल १५ हजारमा शून्य दशमलव ५ प्रतिशतको स्तन क्यान्सरबाट मृत्यु हुने गरेको एक तथ्याकले देखाएको छ ।

स्तन क्यान्सर बारे जानकारी दिने उदेश्यले आज एक कार्यक्रम गरिएको छ । स्तन क्यान्सर वंशानुगत रोग पनि हो । उनका अनुसार महिलामा स्तन क्यान्सरको समस्या पछिल्लो समय बढ्दो क्रममा छ । नेपालमा वर्षेनी ५ हजार जना बिरामी स्तन क्यान्सरको फेला पर्ने गरेको गरेको उपचारमा संलग्न डाक्टरहरु बताउछन् ।

पश्चिमा मुलुकमा ५० नाघेपछि महिलामा स्तन क्यान्सर देखिए पनि नेपालमा भने ४० देखि ५० वर्षको उमेरमै यो समस्या देखिन थालेको छ । सुरुआती चरणमै यो क्यान्सर पत्ता नलागिकन अन्तिम चरणमा पत्ता लाग्दा ज्यानै जाने जोखिम छ ।

‘स्तन क्यान्सर निको हुने रोग हो, यसको उपचार गर्न विदेशमा जानुपर्दैन,’ डा. पुष्पराम भक्त माथेमा भन्नु हुन्छ , यस रोगको नेपालमै उपचारहुने बताउदै यसको जाँच गर्न मेमोग्राम, स्तनको अल्ट्रासाउन्ड र डाक्टरसँगको परीक्षण गर्नु आवश्यक पर्छ । ‘क्यान्सरका विभिन्न चार चरणमध्ये सुरुको दुई चरणमा उपचार गरे क्यान्सर रोगबाट बच्ने सम्मभावना धेरै हुन्छ, ।

पछिल्लो समयमा जीवन शैलीमा आएको परिवर्तनले क्यान्सर लगायतका रोग बढ्दै गएको बताए । ‘व्यक्तिहरू योग, प्राणायाम र अभ्यास, कसरत गर्न समय पनि भएको र खानपिनको शैली पनि परिवर्तन भएको छ मानिसहरू छाकैपिच्छे मासु खाने गरेका छन् ।’ चुरोट, जाँड रक्सीको सेवन गर्नेको संख्या बढ्नु पनि क्यान्सर रोगीको संख्या बढ्नुसरह भएको उनले बताए ।

सनराईज बैकंको प्रयोजनमा काठमाडौ मेडिकल कलेजको रोट्रयाक कल्वको सहयोगमा Nepal Cancer Survivors Society को आयोजनामा आज बाट जनचेतानामूलक कार्यक्रम गरेको छ । उक्त सोसाइटीले एक महिना सम्म स्तन क्यान्सर बारे जनचेतनामूलक कार्यक्रम गर्ने बताएको छ । स्तन क्यान्सर पीडित र सफलतापूर्वक स्तन क्यान्सर कार्यक्रममा सहभागिहरुले आफनो क्यान्सर रोग निको भएको आफ्ना अनुभव सुनाएका थिए । उनीहरूले बिरामीको आत्मविश्वास, सकारात्मक सोच, सतर्कता, व्यायाम, परिवारको साथ र सही समयमा सही डाक्टरको उपचार पाए क्यान्सर निको हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

सम्बन्धित

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका ८ जनालाई कारबाही

लिवाङबाट प्रचण्डले भने: राष्ट्र संकटमा छ, नयाँ अभियान चलाऔँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com