ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर वार्षिक रूपमा १ करोड ७ लाख मानिसलाई स्तन क्यान्सर


abc

काठमाडौं,२० असोज । विश्वभर वार्षिक रूपमा १ करोड ७ लाख मानिसलाई स्तन क्यान्सर हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा स्तन क्यान्सरका बारेमा औपचारिक तथ्यांक नभए पनि क्यान्सरबाट मर्ने कुल १५ हजारमा शून्य दशमलव ५ प्रतिशतको स्तन क्यान्सरबाट मृत्यु हुने गरेको एक तथ्याकले देखाएको छ ।

स्तन क्यान्सर बारे जानकारी दिने उदेश्यले आज एक कार्यक्रम गरिएको छ । स्तन क्यान्सर वंशानुगत रोग पनि हो । उनका अनुसार महिलामा स्तन क्यान्सरको समस्या पछिल्लो समय बढ्दो क्रममा छ । नेपालमा वर्षेनी ५ हजार जना बिरामी स्तन क्यान्सरको फेला पर्ने गरेको गरेको उपचारमा संलग्न डाक्टरहरु बताउछन् ।

पश्चिमा मुलुकमा ५० नाघेपछि महिलामा स्तन क्यान्सर देखिए पनि नेपालमा भने ४० देखि ५० वर्षको उमेरमै यो समस्या देखिन थालेको छ । सुरुआती चरणमै यो क्यान्सर पत्ता नलागिकन अन्तिम चरणमा पत्ता लाग्दा ज्यानै जाने जोखिम छ ।

‘स्तन क्यान्सर निको हुने रोग हो, यसको उपचार गर्न विदेशमा जानुपर्दैन,’ डा. पुष्पराम भक्त माथेमा भन्नु हुन्छ , यस रोगको नेपालमै उपचारहुने बताउदै यसको जाँच गर्न मेमोग्राम, स्तनको अल्ट्रासाउन्ड र डाक्टरसँगको परीक्षण गर्नु आवश्यक पर्छ । ‘क्यान्सरका विभिन्न चार चरणमध्ये सुरुको दुई चरणमा उपचार गरे क्यान्सर रोगबाट बच्ने सम्मभावना धेरै हुन्छ, ।

पछिल्लो समयमा जीवन शैलीमा आएको परिवर्तनले क्यान्सर लगायतका रोग बढ्दै गएको बताए । ‘व्यक्तिहरू योग, प्राणायाम र अभ्यास, कसरत गर्न समय पनि भएको र खानपिनको शैली पनि परिवर्तन भएको छ मानिसहरू छाकैपिच्छे मासु खाने गरेका छन् ।’ चुरोट, जाँड रक्सीको सेवन गर्नेको संख्या बढ्नु पनि क्यान्सर रोगीको संख्या बढ्नुसरह भएको उनले बताए ।

सनराईज बैकंको प्रयोजनमा काठमाडौ मेडिकल कलेजको रोट्रयाक कल्वको सहयोगमा Nepal Cancer Survivors Society को आयोजनामा आज बाट जनचेतानामूलक कार्यक्रम गरेको छ । उक्त सोसाइटीले एक महिना सम्म स्तन क्यान्सर बारे जनचेतनामूलक कार्यक्रम गर्ने बताएको छ । स्तन क्यान्सर पीडित र सफलतापूर्वक स्तन क्यान्सर कार्यक्रममा सहभागिहरुले आफनो क्यान्सर रोग निको भएको आफ्ना अनुभव सुनाएका थिए । उनीहरूले बिरामीको आत्मविश्वास, सकारात्मक सोच, सतर्कता, व्यायाम, परिवारको साथ र सही समयमा सही डाक्टरको उपचार पाए क्यान्सर निको हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

काठमाडौँ । सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको (होल्डिङमा रहेको) एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न भारतीय ध्वजाबहाक वायुसेवा एयर

लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)मा मन्त्रीहरूले राजीनामा दिएका छन्। एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

सुर्खेत, १२ चैत्र । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेको बताएका छन् । सुर्खेत विमानस्थलमा आइतबार बिहान पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष

सम्बन्धित

नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न

कित्ताकाट खुलाउन पहल

सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर

सेती नदीको दोहन रोक्न संरक्षण अभियान

विकासको पर्खाइमा ‘सूर्य ओढार’

मोफसलका ‘आँखा बा’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...