ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब विद्यार्थीलाई कक्षा कोठाको पढाइले मात्र पुग्दैन: प्रधानमन्त्री ओली


admin

काठमाडौं,२० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले देशको आवश्यकता अब विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र पुरा नगर्ने भएको प्रयोगात्मक र व्यवबहारिक शिक्षा दिनु पर्ने बताउनुभएको छ ।

“अब कक्षा कोठाको पढाइले मात्र पुग्दैन । विद्यार्थीलाई घर गाउँमा,खेतमा नै लगेर शिक्षा दिनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले शिक्षालाई आजको विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर अघि बढाउनु पर्ने बताउनुभएको छ ।

“शिक्षा र प्रविधिलाई सम्बन्धित गराएर अघि बढाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसले गर्दा थोरै जनशिक्तबाट धेरै काम लिन सकिन्छ ।” यस बर्ष देखि सुरु गरिएको निरक्षरता विरुद्धको महाअभियानले आगामी बर्ष सबै बालबालिकालाई विद्यालयमा ल्याइने प्रधानमन्त्रीको दाबी छ ।

“आगामी बर्ष देखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुने छैनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरु अब विशिष्टकृत हुने पर्ने बताउनुभएको छ ।

विश्वविद्यालयहरुमा आपसी समन्वय नहुँदा कतिपय ठाँउमा आवश्यकता भन्दा बढी कलेजहरुले सम्बन्धन पाएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले देशको आवश्यकता अनुसार शिक्षण संस्थाहरु खोल्नु पर्ने बताउनुभयो ।

“शिक्षालाई देशको आवश्यकता अनुसार अघि बढाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो । साधारणसभाले आव २०७५-२०७६का लागि प्रस्तावित आयव्यय विवरण,आव २०७१-२०७२ र आव २०७२-२०७३ को लेखा परीक्षण प्रतिवेदन पास गरेको छ ।

यसैगरी आव २०७३-२०७४ र २०७४-२०७५ को लेखा परीक्षक नियुक्त गर्न विश्वविद्यालयलाई अधिकार दिएको छ । साधारणसभामा प्रष्तुत गरिएको अन्य प्रस्तावहरु अर्को बैठकमा छलफल गर्ने गरी आजको साधारणसभा स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com