ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाडपर्व ढुक्कले मनाउनुहोस् सुरक्षा जिम्मा हामी लिन्छौं – एसपी राठौर


एबीसी न्यूज
आश्विन १९, २०७५ शुक्रबार  १० : ०३ बजे
चितवन ,  १९  असोज । नेपालीहरुको महान चाड दसैँतिहार र छठ पर्वलाइ लक्षित गर्दै चितवन प्रहरीले जिंल्लाभरको सुरक्षा व्यवस्था  कडा बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरले चितवन देशको मध्यभागमा अवस्थित रहेको जिल्ला भएको र यस क्षेत्रमा दसैँ तिहारका दिन धेरै नै मानिसहरुको आवतजावत हुने र आर्थिक कारोबारहरु पनि बढी हुने भएकोले त्यसलाई मध्ययनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्थालाई कडाइ र प्रभावकारी बनाउन विस्तृत सुरक्षा योजना निर्माण गरेको बताएका छन् । 
प्रहरीको सुरक्षा योजनामा दसैँमा जिल्ला बाहिर दसैँ मान्न घर जाने सर्वसाधारणलाई निर्धक्क भइ  चाड मनाउन र आवश्यक सुरक्षा प्रहरीले दिने र सूचना उपलब्ध गराए तुरुन्तै प्रहरी घरदैलोमा पुग्ने गरी कार्ययोजना बनाएको भन्दै सबैलाई ढुक्क रहन आग्रह गरेको छ । एसपी राठौरले दसैँतिहारमा राजमार्ग भएर आवतजावत गर्ने यात्रुहरुको सहजताका लागी चितवनको तीन ठाउँमा प्रहरी सहायता कक्ष समेत स्थापना गरिएको बताए ।
उनका अनुसार यसरी सहायता कक्ष स्थापना हुनेमा नारायणगढको पोखरा बसपार्क, भरतपुरको गोन्द्राङ र पारस बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षबाट यात्रुहरुलाई चाडपर्वमा पर्ने समस्याको प्रहरीले तत्कालै समाधान गरिने योजना सहित प्रहरीले आवश्यक सुरक्षा दिइरहेको समेत प्रहरीले बताएको छ । साथै, उनलेे चितवनकोो नारायणगढ अत्ति ब्यस्त शहर भएको र दसैँतिहारमा हुन सक्ने लुटपाट, व्यापारीहरुबाट ठगीका घटनाहरु हुने सम्भावनालाई ध्यानमा राख्दै शहरको भित्री गल्लीदेखि चोक चोकसम्म सादा पोशाकमा प्रहरीहरु खटिने समेत उनलेे बताए ।
उनलेे घट्ना घटिहालेको खण्डमा तुरुन्तै घट्नास्थलमा पुगेर रङ्गेहात पक्राउ गर्ने लगायत आवश्यक सुरक्षा प्रबन्ध समेत मिलाएको बताए । चाडपर्वमा धेरै आर्थिक कारोबार हुने बैँक तथा बित्तिय संस्था माथि पनि प्रहरीले विशेष निगरानी राख्ने उनलेे बताए । दसैंमा मानिसहरू घरमा नहुने साथै, चोरीका समेत सम्भावना हुने भएकोले त्यस्ता घरहरुमा पनि प्रहरीले चौंबिसै घण्टा निगरानी राख्ने गरी योजनाहरु तयार पारिएको जानकारी दिए । प्रहरीले अवैध मदिरा उत्पादन बिक्रीवितरण नियन्त्रण तथा चेकजाँच, आगोलागीका तथा बिपद् घट्ना नियन्त्रणलाई पनि मुख्य प्राथमिकतामा राखेको छ ।
प्रहरीले तयार पारेको योजना अनुसार राजमार्गको सुरक्षा गाडी मोबाइलबाट गर्ने र त्यस्को लागी मौवाखोलादेखि लोथरसम्म र भित्री सडकमा समेत १४ वटा प्रहरी कार्यालयबाट ५६ जना प्रहरी परिचालित हुनेछन् । त्यस्तै, जिल्लाभर विभिन्न चोकमा पिकेट ड्युटीको लागि २६ वटा प्रहरी कार्यालयबाट ३ र ४ जनाको दरले ९१ जना प्रहरी परिचालित हुने छन् । पटका र विष्फोटक पदार्थ नियन्त्रणको लागी ८ प्रहरी कार्यालयबाट ४८ जना प्रहरी खटिँदै छन् । जुवातास, लंगुरबुर्जा र कौडालाई नियन्त्रण गर्नको लागी पाँच वटा प्रहरी कार्यालयबाट पाँच जनाको दरले ४२ जना परिचालित हुन्छन् ।
बैँक तथा वित्तिय संस्था र सुनचाँदी पसल लुटपाट हुन नदिन ११ वटा प्रहरी कार्यालयबाट ५५ प्रहरी खटिने छन् । जिल्लाबाट जम्मा ४५६ जना प्रहरी चितवनका नागरिकको सुरक्षामा खटिने प्रहरीले सार्वजनिक गरेको सुरक्षा योजनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

सम्बन्धित

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका ८ जनालाई कारबाही

लिवाङबाट प्रचण्डले भने: राष्ट्र संकटमा छ, नयाँ अभियान चलाऔँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com