ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटना न्युनिकरण गर्न प्रहरीको नयाँ अभियान


एबीसी न्यूज

असोज १८ ,प्रदेश ट्राफिक प्रहरी कार्यलय प्रदेश नम्बर २ पथलैयाले सुरक्षित यात्राको लागि चालक, यात्रु र सवारी साधनको यान्त्रिक अवस्थाको निरिक्षण तथा सचेतना कार्यक्रम संचालनमा ल्याएको छ । यस प्रदेशमा बढ्दै गएको सवारी दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक प्रहरी र अटोमोबाईल्स मेकानिकल्सहरु सहितको संयुक्त टोलीले यो अभियान संचालनमा ल्याएको हो ।

“ NO ACCIDENT-NO DAMAGE” भन्ने नाराका साथ संचालित यस अभियानको मुख्य उद्वेश्य सवारी चालक, यात्री, अन्य सडक प्रयोगकर्ताहरुमा पर्याप्त सुरक्षित सडक प्रयोग सम्बन्धि सचेतना फैलाउनु रहेको प्रदेश ट्राफिक प्रहरी कार्यलय प्रदेश नम्बर २ पथलैयाका ट्राफिक प्रहरी उपरिक्षक किरण बज्रचार्यले बताउनुभएको छ ।

ओभर स्पीड, क्षमता भन्दा बढि सवारी साधन राख्नु, सवारीलाई सहि तरीकाले मर्मत नगर्नु लगाएतका कारण सवारी दुर्घटना हुने गरेको बताउदै ट्राफिक प्रहरी उपरिक्षक बज्रचार्यले सधै ट्राफिक प्रहरीले जरीवाना गर्ने काम गर्दै आएको तर यस अभियान अन्तरगत सवारी चालक र यात्रीहरुलाई सहि तरीकाले यात्रा गर्ने तरीका जानकारी गराउने काम प्रहरीले गरेको बताउनुभएको छ । उहांले यस अभियानलाई प्रदेश नम्बर २ का हरेक जिल्लामा हरेक १५ दिनको फरकमा साथै दशैँ तिहारमा हुने गलत गतिबिधि नियन्त्रण गर्ने गरी संचालन गर्ने जानकारी दिनुभएको छ ।
लगभग ५ सय सवारी चेकजाँचको क्रममा करिब ४० प्रतिशत सवारी साधन सहि अवस्थामा नरेहको अटोमोबाईल्स मेकानिकल्स टोलीका प्रमुख अजित कुमार मिश्रले जानकारी दिनुभयो । उहांले तराईबाट देशको राजधानि लगायत पहाडी भुभागमा सवारी लिएर जाने ५० प्रतिशत सवारी साधनको टायरको अवस्था विग्रेको, बति तथा साईड बति नबल्ने, टाएरमा अधिक हावा भएर पडकिने सम्भावना भएको पाईएको बताउनुभयो ।

सचेतना कार्यक्रममा तराईका विभिन्न स्थानबाट देशको राजधासन सहित अन्य स्थानमा रात्रीको समयमा जाने सजारी साधनमा ट्राफिक प्रहरीले देखिएका समस्यालाई तत्काल सुधार गर्न लगाउने र यात्रीहरुलाई समेत यात्रा गर्ने क्रममा ध्यान दिनुपर्ने कुरा जानकारी गराएका थिए । साथै एक हप्ता भित्र आरक्षित सिटको ब्यवस्था मिलाउने र देखिएको समस्या समाधान गर्ने प्रतिबद्वता समेत चालकसंग गराईएको थियो ।

ट्राफिक प्रहरीले संचालन गरेको यो अभियान सकारात्मक रहेको यात्री तथा चालकहरुले बताएका छन् । यात्रा गर्ने क्रममा यात्रुले अपनाउनुपर्ने सचेतनाको बारेमा धेरैलाई जानकारी नभएकोले यस्तो कार्यक्रमले यात्रा गर्ने क्रममा कसरी सावधानि अपनाउने भन्ने बारेमा जानकारी भएको बारा पचरौताकी बबीता सिहंले जानकारी दिनुभयो । यसैगरी यस अभियानले चालकहरुलाई पनि सहज भएको चालक सफल पराजुलीले बताउनुभएको छ ।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायब महाफनरीक्षक दिनेश अमात्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अटोमोवाईल ईन्जीनियरीङ्गका १६ जना प्राबिधकसहित ७० जना ट्राफिक प्रहरीहरुले मंगलवार साह ६ बजेदेखि बुधवार बिहान ६ बजेसम्म सवारी चेकजाँच गरेका थिए । सचेतना मुलक अभियानको क्रममा प्रदेश ट्राफिक प्रहरी कार्यलय प्रदेश नम्बर २ पथलैयाले अनुरोध सहितको पर्चा पम्पलेट समेत वितरण गरेको ट्राफिक प्रहरी निरिक्षक रिपेन्द्र सिहंले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

बाघ हेर्न गाभर भ्याली होमस्टे

वडाध्यक्षको गोली प्रहार गरी हत्या

प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

‘कुरा काटेको निहु’मा एकल महिलालाई पाँच लाख जरिवाना, पेमाले गाउँ छाडिन्

सवै कम्युनिस्ट शक्तिलाई समेटेर अघि बढ्छौ – चिरन पुन नेता नेपाली कम्युनिष्ट पार्टी (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com