काठमाडौं,१६ असोज । मंगलवार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु पुगेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई देश र नागरिकको सेवक भएकाले उनीहरूकै सुरक्षाका लागि सधैभरि कटिबद्ध भएर काम गर्न निर्देशन दिएका छन् ।
सोलुखुम्बुको नवनिर्मित कार्यालय तथा आवास भवनको उद्घाटन गर्न पुगेका महानिरीक्षक खनालले व्यवसायिक रुपमा प्रहरीलाई काम गर्न निर्देशन दिएका हुन् ।
त्यस्तै उनले नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको भन्दै आफ्नो आचरण र इमान्दारितमा सुधार गर्नुपर्ने बताएका छन ।
उनले भने, त्यसको लागि प्रहरी कर्मचारीहरूले इमान्दारिता र आचरणमा अझै सुधार गर्नुपर्छ । महानिरीक्षक खनालले प्रहरी कर्मचारी आफैँ कुनै पनि घटनाको कारक बन्नु नहुने बताएका छन ।
प्रतिक्रिया दिनुहोस्